इलामका पत्रकार तिम्सिनालाई तेश्राे पटक नेपाल टेलिभिजनकाे उत्कृष्ट पुरस्कार


इलाम । लाेकल सन्देश अनलाइनका प्रधान सम्पादक सुजन तिमसिना नेपाल टेलिभिजनका इलाम सम्बाददाता सुजन तिमसिना उत्कृष्ट सम्बाददाताबाट पुरस्कृत तथा सम्मानित भएका छन् । देशको पहिलो तथा सरकारी नेपाल टेलिभिजनको ३८ औँ बार्षिकउत्सवमा तिमसिना तेस्रो पटक सम्मानित र पुरस्कृत भएका हुन् । ३३ औँ बार्षिक उत्सवका अवसरमा तिमसिना दोस्रो पटक सम्मान तथा पुरस्कृत भएका थिए ।
मंगलबार नेपाल टेलिभिजनको केन्द्रिय कार्यालय सिंहदरबारमा आयोजित ३८ औँ बार्षिक उत्सव कार्यक्रममा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, सचिव डा बैकुष्ठ अर्याल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाह र महाप्रबन्धक फुलमान बल तामाङले सम्बाददाता तिमसिनालाई पुरस्कृत तथा सम्मान प्रदान गरे ।
२०६९ चैत्र २५ गतेबाट जन्म जिल्ला पाँचथरबाट नेपाल टेलिभिजनको सम्बाददाताको रुपमा काम शुरु गरेका तिमसिना तेस्रो पटक प्रदेश १ बाट उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत पुरस्कृत भएका हुन् । तिमसिनालाई नेपाल टेलिभजनको तीसौँ बार्षिकउत्सवका अवसरमा २०७२ माघ १७ गते तत्कालिन सुचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल प्रथम पटकले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए । उनी त्यसबेला पाँचथरका सम्बाददाता थिए । पाँचथर समाचारदाता हुँदा ताप्लेजुङ र तेह्रथुम जिल्लाका समाचार पनि नेपाल टेलिभिजनमा सम्प्रेषण गरेका थिए ।
२०७३ साउन ३० गतेबाट इलाम सम्बाददाताको जिम्मेवारी पाएका तिमसिनाले हाल इलामको सूर्योदय नगरपालिका क्षेत्रमा बसेर समाचार सम्प्रेषण गरिरहेका छन् । २०५९ साल चैत्रदेखि झापाको बिवेचना दैनिक पत्रिकाको वितरकको कामबाट नेपाली पत्रकारिता क्षेत्रमा लागेका तिमसिनाले झापामा २०६१ असारसम्म अग्रज पत्रकार गणेश तिमसिना, दिपिन राई, मुक्ति पौडेल, मदन खरेलबाट समाचार लेखनको सीप आर्जन गरेका थिए । २०६१ असारमा प्रवेशिका परिक्षा पास पछिपछि महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा उच्च शिक्षा अध्ययनसँगै तिमसिना पत्रकारितामा सक्रिय भएका थिए ।
२०६१ सालदेखि २०६३ चैत्रसम्म विवेचना दैनिक, मुक्ति आवाज साप्ताहिक र बज्रपात दैनिकमा सम्बाददाताको रुपमा समाचार सम्प्रेषण सँगै आफै पत्रिका वितरणको काम गरेका थिए । २०६३ को दोस्रो जनआन्दोलन पछि दमकबाट प्रकाशन हुने पूर्वसन्देश दैनिक र विर्तामोडबाट प्रकाशित मेची टाइम्स दैनिकको इलाम सम्बाददाता भएर डेढ वर्ष काम गरेका तिमसिनाले पुर्वको लोकप्रिय दैनिक ब्लाष्ट टाइम्स दैनिकमा समेत काम गरेका थिए ।
२०६३ फागुनबाट सप्तरङ्गी एफ एफबाट रेडियो पत्रकारितामा समेत सामेल भएका तिमसिना सप्तरङ्गी एफ एमको सर्वाेत्कृष्ट सम्वाददाता पुरस्कार  प्राप्त गरेका थिए । उनले इलाममा रहेको इलाम एफ एममा करिब ६ वर्ष र इलाम आवनज साप्ताहिकमा प्रमुख सम्बाददाताका रुपमा समेत काम गरेका थिए ।
२०६५ सालबाट टेलिभिजन पत्रकारीतामा प्रवेश गरेका तिमसिनाले शुरुमा एभिन्युज टेलिभिजनबाट टेलिभिजन पत्रकारिताको सीप आर्जन गरेका थिए । झापाको दमकबाट प्रशारित हिमशिखर टेलिभिजनमा समेत काम गरेका तिमसिना नेपाल पत्रकार महासंघ इलामका पूर्व उपाध्यक्ष हुन् । उनी प्रेस सेन्टर नेपाल प्रदेश नम्बर १ का महासचिव रहेका छन् भने स्थानीय विभिन्न संघसंस्थासँग आवद्ध रहेका छन् ।
तिमसिना इलाममा रहेर नेपाल टेलिभिजनको सम्बाददातासँगै स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश डट कमको प्रकाशक तथा प्रधानसम्पादक हुन् । उनी सुर्योदय नगर उद्योग बाणिज्य संघका सचिव पनि हुन् । उनी पर्यटन प्रवद्र्धनका लागि प्रदेश १ मा सक्रिय रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment