राेङ, ४ फागुनः नेपालमै पहिलोपटक सरकारी लगानीमा इलामको रोङमा गुन्द्रुकको उत्पादन शुरु भएको छ ।
हरेकबर्ष नेपालमा अरवौ रुपैयाको गुन्द्रुक आयात गर्ने गरेको तथ्याङ्कहरु बाहिर आइरहदा इलामको रोङ गाउपालिकाले संभब्यताको अधारमा स्थानिय उत्पादन रोजगारको बृद्धि र आर्थिक समुन्नतीको लक्ष राखेर गुन्द्रुक उत्पादन , ब्रान्डिङ्गर बिक्रीको कार्यक्रम सार्वजनिक गरेको थियो ।

धेरैको चासो र केहीको हाँसो बनेको गुन्द्रुक उत्पादन कार्य नारामा नै मात्र सिमित रहन्छ भन्नेहरु उत्पादनको थालनीले चुपचाप देखिएका छन् ।रोङमा प्रसस्त मात्रामा रायोको साग उत्पादन हुने तर एकैपटक बजार नपाउने समस्याको दिर्घकालिन समाधान भएको छ ।
यो बर्ष करिव २ हजर किलो गुन्द्रुक उत्पादको लक्ष राखिएकोमा सिजनको शुरुमा नै २ सय १९ किलो उत्पादन भइसकेको र उत्पादीत सामाग्रीहरुको धमाधम माग आउन थालेको थालेको छ । लागत अनुसारको मुल्य निर्धारण प्याकेजीङ्ग ब्रान्डिङ्ग लगायतको काम बाकी नै छ माग अनुसार उत्पादन गर्न सकिने अवस्था नरहेको रोङ गाउपालिकाको उपाध्यक्ष बिष्णुमाया भूजेलले बताए ।
रोङ गाउपालिकाको सहयोगमा देवनछाप कृषि सहकारी संस्थाले वडा नं ४ मा कुमार अर्यालको चिया प्रसोधन उध्योगको उपकरणहरु प्रयोग गरेर रोङ गाउपालिका का वडा नं २,३,५ र ६ का किसानहरुले उत्पादन गरेको रायो खरिद गरि गुन्द्रुक उत्पादन थालेको र उध्योगमा आएका रायो सागहरु मध्ये वडा नं ६ रम्भ्याङ क्षेत्रको सबैभन्दा उच्च गुणस्तरको पाइएको गुन्द्रुक उत्पादनका फोकल पर्सन सन्तोष लाप्चाले बताए ।
हाल उध्योगमा दैनिक १२ जना जति कामदारले नियमित रोजगारी पनि पाइरहेका छन । सोही उपकरणको प्रयोगबाट सिस्नोको डस्ट र ग्रिन टी समेत बनाउन सकिने परीक्षण सफल भएको कृषि शाखाका लेप्चाले बताए ।
कसरी बनाइन्छ त गुन्द्रुक ?
साग उध्योमा ल्याइसकेपछि करिव बाह्र दिनमा गुन्द्रुक तयारी हुने गरेको छ आखिर कसरी बनान्छ त गुन्द्रुक भन्ने जिज्ञासामा उध्योगमा कार्यरत खाध्य प्राबिधिक दिक्षा भटेटराइ भन्नुहुन्छ सर्वप्रथम सागलाइ राम्ररी केलान्छ र तीन चार पटक सफा पानीले धोइन्छ ।

त्यसपछि उक्त सागलाइ पात र डाठ अलग गरी ५ सेमीको टुक्रा पारिन्े गरेको छ ।धोएको सागलाइ ३ देखी चारघण्टा चिसो हावामा राखिन्छ र बाह्य पानीको मात्रा हटेपछि पाच देखी छ घण्ठा तातो हावामा राखेर ओइलाउने पातलाइ पाच मिनेट र डाठलाइ पन्ध्र मिनट रोलिङ्ग ( किच्चाउने ) गरिन्छ ।
यसरी रोलिङ्ग गरिएको सागलाइ प्लास्टिक वा स्टिलको भाडोमा खादेर जोडनको प्रयोग गरि ५ देखी ८ दिनसम्म २८ डिग्रीको एसी कोठामा राखिन्छ र यसको पि एच नापिने गरेको छ ।
अमिलो बनेको ग्रुन्द्रुक निकालेर फिजाएर चिसो हावा दिइन्छ । क्याबिनेट डायरमा एकरात राखेपछि एक सय डिग्रीको तातो हावा दिन रिवलिङ्ग डायरमा राखिन्छ र सुकाएर तैयारी गरिने गरेको छ ।
0 comments:
Post a Comment