नेपालमा भएका विद्यालय वन्द भए पछि उत्तरी इलामका विद्यार्थी बाध्य छन् भारतिय विद्यालयमा पढ्न बाध्य

  • गोबिन्द पौडेल 

जौबारी, ४ फागुनः उत्तरी इलामका भारतिय सिमावर्ती गाउँका वालबालिकाहरु भारतिय विद्यालयमा नै पढ्नु पर्ने बाध्यता रहेको छ । भारतिय सिमाना जोडीएका उत्तरी इलामका लेकाली गाउमा बिद्यालयहरु नभएको कारण त्यहाका सबै वालवालकिाहरु भरतिय बिद्यालयमा पढ्न धेरै खर्च गर्नु परिरहेको छ । 
उनिहरुलाइ पढ्नको लागि  महंगो शुल्क र अभिभावक सहितको डेराको वास भारतिय बजारमा नै हुने गरेको हो । लेकाली क्षेत्र भएको कारण पातलो बस्ती र जनघनत्व पनि कम भएको हुदा यस क्षेत्रमा रहेको अधिकास बिद्यालयहरु बन्द भएको कारणले भएको वालवालिकाहरु सबै भारतको  मानेभन्ज्याङमा रहेको रिब्स स्कुलमा पढ्ने गरेको जौवारी बजारका थुप्तेन लामाले बताए । 
जौवारीमा पहिला कक्षा १ देखी ५ सम्म पढाइहुने राष्टि«य प्राथामिक बिद्यालय थियो सत्तरी देखी ८० जनासम्म वालवालिकाहरु थिए तर वालबालिका घठेपछि २०७२ सालमा बिद्यालय उड्यो फेरि स्थापनाको पहल कहिले भएन यसकारण पनि यहा रहेको वालवालिकाहरु भरतमै जानुस परेको हो लामाले बताए । अहिले जौवारीबाट मात्रै करिव १२ जना वालबालिकाहरु माने भन्याङ्गको रिब्स स्कुलमा पढ्छन् महिनाको १२ देखी १५ हजार भारतिय रुपैया खर्च हुने गरेको छ एक नानी सहित मानेभन्याङ्गमा डेरा गरेर बसेकी डोमा शेर्पाले बताइन। 
जौवारीको मात्रै हैन जोगमाइ २  मा रहेको  सरस्वती प्रा बि मेग्मा, सन्दकपुर ५  कालपोखरीमा रहेको प्राथामिक बिद्यालय ,सन्दकपुर ५ को मजुवामा रहेको अर्को प्राथामिक बिद्यालय लगायत लेकाली क्षेत्रको चारवटा बिद्यालय बन्द भइसकेको कारण यहा रहेको र भएको सबै वालवालिकाहरु भरतिय बिद्यालयमा पढ्नु बाध्यता रहेको राष्टि«य प्राबि जौवारीमा वीस बर्ष शिक्षण गरेका  पूर्व प्रधानाध्यापक पासाङ छिरिङ शेर्पाले बताए । 
लेकाली क्षेत्रमा बिद्यालय नहुदा जौवारी, तुम्लिङ्ग ,मेग्मा आलेभन्याङ्ग,नुनथला इङ्ला गैरीवास  लगायतबाट सबै वालबालिकाहरु भारतिय बिद्यालय जानु परेको छ पैसा त खर्च हुन्छ नै नेपालको राष्टि«यता स्वभिमान  गौरवका कुराहरु पनि नेपाली वालवालिकाहरुले थाहा नपाउने गरेको शेर्पाको भनाइ रहेको छ । सबै बिद्यालयहरु तत्काल स्थापना हुन नसक्ला तर सबैलाइ पायक र सुबिधाजन्य स्थानमा आवाशिय तरिकाले बिद्यालय संचालन गर्न भने सकिने जसमा भारतिय बिद्यालयहरुमा भन्दा पनि स्तरिय शिक्षा दिन सकिने छ तर आजसम्म पनि कसैले पहल नगरेको स्थानिय नागरिकहरुले गुनासो गरेका छन् ।अहिले जौवारीमा रहेको राष्टिय प्राथामिक बिद्यालयमा भने २ वर्ष सम्म ससस्त्र प्रहरीको क्याम्प रहेको थियाे अहिले भर्रखरै सशस्त्र भने अाफ्नै भवनमा सरेकाे छ  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment