६ लाख ८० हजार बढीको अवैध मेडिकल सामग्री तथा लता कपडासहित दुई जना पक्राउ

 ४ फाल्गुन २०७९, बिहीबार


विराटनगर , मोरङको बिराटनगर महानगरपालिका वडा नं.-१३ जतुवा नहर छेउमा अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको लत्ता कपडासहित एकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो को २ ह १६३६ नम्बरको अटोमा अबैध रूपमा भन्सार छली चोरी तस्करी गरी ल्याउँदै गरेको लत्ताकपडा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा प्रहरीले अटो चालक जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं.-३ बस्ने ४१ बर्षका प्रेम गुरुङलाई अन्दाजी ५ लाख ३३ हजार ५० सय रूपैयाँ बराबरको सामान बरामद गरेको छ। पक्राउ परेका गुरुङ सहित अवैध लत्ता कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको छ ।
त्यस्तै, प्रहरीले १ लाख ५० हजार बढीको अवैध मेडिकल सर्जिकल सामाग्रीसहित अर्को एक जनालाई पक्राउ गरेको छ।
को १ ह १३२५ नम्बरको सिटीमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मेडिकल सामाग्रीसहित विराटनगर-१२ का ५६ वर्षीय शिवशंकर मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा अभियुक्त मण्डल पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टीका बहादुर कार्कीका अनुसार सिटी सफारी चालक मण्डलको साथबाट करिब १ लाख ५० हजार बराबरको मेडिकल सर्जिकल सामाग्री सहित सिटी र सिटीचालकलाई नियन्त्रणमा लिइएको छ।
डिएसपी कार्कीले पक्राउ परेको समाग्रीसहित मण्डललाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment