इलाम, २२ माघः इलामको देउमाइ नगरपालिका ८ साबिक साङरुम्बा ९ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् । साङरुम्बाकी कमला तामाङ आफ्नै घरमा रक्ताम्मे अवस्थामा मृत भेटिएकी हुन ।
उनी गत शुक्रबारदेखी गाउमा नदेखिएको स्थानीयको भनाई छ । एक छोरा र एक छोरीकी आमा कमलाका पतिले दोश्रो बिबाह गरेको र पारिवारिक मन मुटाव रहेको स्थानीयको भनाइ छ । घटना हत्या नै भएको दावी अहिले नै गर्न नसकिने र अनुशन्दान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शवको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविकता बारे थप प्रमाणहरु प्राप्त हुने र अनुशन्धानमा सहज हुने पनि वताईएको छ । मृतकलाई पोस्टमार्टमको लागि धरान स्थीत घोपा क्याम्प पठाईएको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी गराए ।
0 comments:
Post a Comment