फागुन ८, इलाम ः जिल्ला बुद्धिचाल संघ इलामको सातौं जिल्ला अधिबेशन सदरमुकाममा आइतबार सदरमुकाममा सम्पन्न भएको छ । अधिबेशनले प्रकाश परियारको अध्यक्षतामा नौ सदस्यिय नयाँ जिल्ला कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्षमा गणेश घिमिरे, सचिबमा बिक्रम लिम्बू र कोषाध्यक्षमा श्याम सेम्बो चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा मनिषा योङहाङ, खेमराज लिम्बू, बिपीन पोख्रेल, खडग सुब्बा रहनु भएको छ ।
एकजना सदस्य भने जिल्ला खेलकुद बिकास समितिले मनोनित गर्नेछ । यस्तै अधिबेशनबाट प्रदेश र केन्द्रिय प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनीधिमा याम लिम्बू, देवी पौडयाल र मुना लकान्द्री चयन हुनु भएको छ भने केन्द्रिय प्रतिनिधिमा संघका अध्यक्ष परियारलाई नै चयन गरेको छ ।
नवनिर्वाचित कार्य समितिलाई संघका केन्द्रिय सदस्य दिपेन राईले सपथ खुवाउनु भएको थियो । यता संघको अधिबेशन उद्घाटनका क्रममा बुद्धिचाल संघका संस्थापक अध्यक्ष सहित पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको छ । संघको संस्थापक अध्यक्ष श्याम शाह, डम्बरसिंह गदाल, दिपेन राई र यामप्रसाद लिम्बूलाई सम्मान गरेको छ ।

अधिबेशन उद्घाटनका क्रममा इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले बुद्धिचाल खेलले बिकास र प्रबद्धनमा मद्धत पुरयाउने जनाउँदै यो खेलको बिकास र खेलकुदको क्षेत्रलाई अघि बढाउन नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै संघका प्रदेश नम्बर १ का सचिब सुरेन्द्र राईले बुद्धिचाल खेल समाज रुपान्तरण गराउन सक्ने खेल भएकाले यो खेलको बिकासका निम्ति बालबच्चालाई पनि यस खेलप्रति आकर्षित गराउनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । मोबाईलमा लत बसिसेका बालबालिकालाई त्यसबाट छुटकारा दिलाई बुद्धिचाल खेलप्रति आकर्र्षित गराउन सक्यो भने बिश्वमै उत्कृष्ट खेलको रुपमा बिकास भएको यस खेलले समाज रुपान्तरण संगै देशको बिकासमा मद्धत पुरयाउन सक्ने बिचार राख्नुभयो ।

0 comments:
Post a Comment