इलाममा राहदानीको अनलाईन फाराम भर्न विचैलियाको मनोमानी भए पछि जिल्ला प्रशासन आँफैले फाराम भरेर विवरण संकलन गर्ने तयारी


इलाम, १८ माघः इलाममा राहदानी र राष्ट्रिय परिचय पत्रको अनलार्ईन फाराम भर्र्न विचौलियाको मनोमानी भए पछि जिल्ला प्रशासन कार्यालय इलामले कार्यालयमा नै सेवा ग्राहिको आलाईन फाराम भरेर विवरण संकलन गर्ने काम एकै दिनमा सक्कने गरी तयारी गरिरहेको जनाएको छ । 
पहिलो चरणमा माघ २५ गते सन्दकपुर गाउँपालिका, माङसेवुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सेवाग्राहीलाई परिक्षणको रुपमा काम गरिने र फाल्गुन १ बाट भने इलाममका दश वटै पालिकका सेवाग्राहिको काम शुरु गर्ने जिल्ला प्रशासन कार्यालय इलामले जानकारी गराएको छ । 
अहिले कार्यालयमा अनलाईन फाराम भर्ने ठाउँहरुको सेटअफ गरिरहेको र माघ २५ गतेबाट काम शुरु गर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकिय अधिकृत यादव राउतले जानकारी गराउनुभयो  । 
जिल्ला प्रशासन कार्यालयले आफैले अनलाईन फाराम भर्न थाले पछि सेवाग्राहीहरुलाई विचौलियाले फाराम चाँडोभरिदिन्छु भनेर ठग्ने र सेवाग्राहीलाई दुःख दिने काम बन्द गर्न पनि जिल्ला प्रशासनले यो कदम चाल्नु परेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले वताउँनुभयो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment