प्रचण्डलाई ओलीको जवाफ– रविलाई गृहमन्त्री बनाउन किन पूर्णपाठ चाहियो, कण्ठ गर्न ?

१९ माघ २०७९, बिहीबार


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने बताएका छन् ।
बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले पूर्वसहमती अनुसार गृहमन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताए ।
अध्यक्ष ओलीले रविलाई गृहमन्त्रालयमा फर्काउन अदालतको पूर्णपाठ नचाहिने तर्कसमेत गरेका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको पूर्ण पाठ नआएसम्म रविलाई गृहमन्त्री नबनाउने बताएका थिए ।
पत्रकारहरुले ओलीलाई रविको नागरिकता विवादको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेर प्रधानमन्त्रीले भन्नुभएको छ नी ? भनेर सोधेको प्रश्नमा ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ?’ भन्दै जवाफ दिएका थिए ।
रविलाई गृहमन्त्री दिनुपर्ने विषयमा कुनै छलफल आवश्यक नभएको अध्यक्ष ओलीको भनाइ छ ।
उनले गठबन्धनमा कुनै खटपट नभएको पनि जिकिर गरे । उनले गृहमन्त्री र राष्ट्रपतिको विषयका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआउने पनि स्पष्ट बताएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment