घुस मागेको अडियो सार्वजनिक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख निलम्बित

२७ माघ २०७९, शुक्रबार


काठमाडौं । थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको अडियो सार्वजनिक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख (महाप्रबन्धक) प्रेमनाथ ठाकुरलाई सरकारले निलम्बन गरेको छ ।
दुई वर्षदेखि विमानस्थल प्रमुखको रुपमा कार्यरत ठाकुरले गैरकानूनी रुपमा लाभ लिन खोजेको अडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि पदबाट निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।


‘थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले गैर कानूनी रुपमा लाभ लिने उदेश्यले गरेको श्रव्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न मन्त्रिस्तरको निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकलाई लेखि पठाइएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ ।
त्यस्तै मन्त्रालयले सो विषयउपर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निवेदनसमेत गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको मन्त्रिस्तरीय निर्णयका आधारमा महाप्रबन्धकलाई निलम्बनका लागि प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो ।
सो विषयमा थप अनुसन्धान गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुरोध गरिएको प्रवक्ता केसीले जानकारी दिए ।
केही दिनपहिले मात्रै अख्तियारले विमानस्थलको आन्तरिकतर्फका प्रमुख पूर्ण चुडाललाई घुस बापतको रकमसहित पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment