टर्की र सिरिया भूकम्प : २० हजारभन्दा बढीको मृत्यु, हिउँ र चिसोमा झन् सास्ती

२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । टर्की र सिरियामा सोमबार गएको भूकम्पबाट हालसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । धेरै मानिसहरु भग्नावशेषमा थिचिएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन् । तर भूकम्प गएको १०० घण्टा पुग्न लाग्दा मानिसहरु अब जीवितै भेटिने आशा हराउँदै गएको छ ।
बाँचेकाहरु पनि घरबारविहीन भएका छन् भने बढ्दो चिसो र हिउँका कारण उनीहरुलाई झन् सास्ती भइरहेको छ । अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्प पीडितको जीवन जोखिममा छ । उनीहरू आधारभूत आवश्यकता आवास, खाद्यान्न र पिउने पानीबाट समेत वञ्चित छन् ।
टर्कीमा उक्त भुकम्पलाई यस शताब्दीकै ठूलो प्रकोप भनिएको छ । अहिले अन्तर्राष्ट्रिय समुदायबाट सहयोग, राहत तथा उद्धारमा सघाउ भइरहेको छ ।
सिरिया उसै पनि लामो गृहयुद्धले ध्वस्त छ, त्यसमाथि यो प्रकोपले अप्ठेरो थपेको छ । त्यहाँ थप मानवीय संकट या अन्य प्रकोप थपिन सक्ने चेतावनी दिइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment