वुद्धिचाल विकास लागि इलाममा संवाद र निर्वाचितलाइ सम्मान


इलाम, २० फागुनः इलाम जिल्ला बुद्दिचाल संघले प्रदेशमा नवनिर्वाचित अध्यक्ष सुरेन्द्र कुमार राइलाई सम्मान गरेको छ । इलाम जिल्ला बुद्दिचाल संघका अध्यक्ष प्रकाश परियारको अध्यक्षता भएको इलाममा वुद्धिचाल विकास, विस्तार र प्रबर्द्धनका लागि सरोकारवाला संग भएको संवाद तथा छलफल कार्यक्रमको सन्दर्भमा सम्मान गरिएको हो । फलफल तथा संवादले इलाममा चेस विकासको सम्भावना र चुनौतीका सन्दर्भमा भएको कार्यक्रम अतिथि तथा सहभागीले चेस विकासमा इलामले थालेको अभियानको चर्चा गर्दै कार्यान्वयनमा जोड दिएका थिए ।
संवाद तथा छलफलले बुद्दिचाल विकास र प्रबर्द्धनका लागि आएका सल्लाह र सुझावलाइ समेटेर ३१ बुदे कार्यक्रम पास समेत गरेको छ । बुद्दिचाल महासंघका केन्द्रिय सदस्य दिपेन राइको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रदेश बुद्दिचाल संघका अध्यक्ष सुरेन्द्र कुमार राइ, पुर्वअध्यक्ष तथा संस्थापकहरु श्याम शाहा, डम्बर सिंह गदाल, याम प्रसाद लिम्बु, गोपाल सापकोटा, इलाम च्याम्पियन देवि प्रसाद पौडेल, क्वीन इलाम अध्यक्ष प्रसान्त गिरी, अग्रज बुद्धिचाल प्रेमि भुषण लिम्बु, तिर्थमान राइको आथिथ्यता भएको कार्यक्रममा संघका उपाध्यक्ष गणेश घिमिरेले स्वागत र सचिव विक्रम लिम्बुले संचालन गरेका थिए । आज भएको कार्यक्रममा इलाममा फागुन ७ गते सम्पन्न अधिबेशनबाट निर्वाचित समितिलाइ प्रमाणपत्र विवरण समेत गरिएको थियो ।
आजको छलफल तथा संवादबाट र अधिबेशनबाट पास भएका योजनाहरु कार्यनयन जोड दिदै सबैले आआफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । योजनाहरुमा कार्यकाल भरि १०० वटा प्रतियोगिता संचालन गर्ने, पालिका समितिलाइ चलाएमा र रचनात्मक बनाउने, तलिम सेमिनार निरन्तर संचालन गर्ने, गुरु योजना निर्माण गर्ने, सबै सरोकारवाला सग समन्वय गर्ने, चेस पार्क बनाउने, विद्यालयमा चेस क्लब निर्माण गर्ने, आफ्नो लोगो र नारा बनाउने, चेस पर्यटन, लोकेसन सहित चेस खेल्ने होटल प्रबर्द्धन गर्ने र नयाँ खेलाडी उत्पादन सगै भएका खेलाडीको सिप तथा क्षमता विकास गर्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा जोड दिने लगायतका रहेका छ्न ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment