इलामको ठूलो टुँडिखेलमा भएको वन डे क्रिकेटमा इलाम रेड २२ रनले विजयी


इलाम, २० फाल्गुनः इलामको ठूलो टुँडिखेलमा आज भएको वन डे क्रिकेटमा इलाम रेड विजयी भएको छ । इलाम ग्रिनलाई २२ रनले हराउँदै इलाम ग्रिन विजयी भएको हो । 
प्रविधिक कारणले ५० ओभरबाट घटाएर २५ ओभरको बनाइएको खेलमा इलाम रेडले टस जितेर पहिले व्याटीङमा उत्रिएको इलाम रेडले कप्तान प्रज्वल खत्रीको ८२ रनको मद्दतमा ९ विकेटको क्षतिमा २१३ रन बनाएको थियो । खेलमा इलाम ग्रिनका सुनिल मगरले सर्वाधिक ३ विकेट निकालेका थिए । 
२१४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको इलाम ग्रिनले राम्रो सुरुवात गर्ने सकेन । इलाम ग्रिनले निर्धारीत २५ ओभरमा ८ विकेटको क्षतिमा १९१ रन मात्र बनाउन सक्यो । इलाम ग्रिनका लागि अलराउण्डर सुनिल मगरले सर्वाधिक ७५ रन बनाए भने दिपेन्द्र मगरले ४२ रनको योगदान गरे । खेलमा इलाम रेडका तर्फबाट सुसान्त साप्कोटा र दिपेश कुँवरले समान २/२ विकेट निकाले ।
आजको खेलमो मेन अफ दि म्याच इलाम रेडका प्रज्वल खत्री भए उनले व्याटिङमा ८२  रन बनाएका थिए भने वलिङ तर्फ १ विकेट निकालेका थिए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment