राष्ट्रपति कपको तैयारी पुरा , पहिलो पटक सदरमुकाम बाहिर आयोजना

  •  गोबिन्द पौडेल  

रोङ २१ फागुनः जिल्ला स्तरिय खेलाडी  छनौटको प्लेटफाम रहने १३औँ राष्ट्रपतिकपको सबै तैयारी पुरा भएको छ ।  सघिय साशन पद्दतिको मर्म अनुसार पहिलोपटक  ईलामको फाकफोकथुम ३को सिहदेबि मा बिमा आगामि २३ देखि २५ गतेसम्म हुने पालिका स्तरिय खेलमा उत्कृष्ट हुने खेलाडिहरु आगामि चैत्रमा हुने प्रदेश स्तरिय खेलमा भाग लिन जिल्ला स्तरको खेलाडि बन्ने र प्रदेशमा छनौट भएका खेलाडीलाई  राष्टिय स्तरको खेलकुद प्रतियोगितामा भाग लिन पाउने भएको कारण बिद्यालयहरु नियमित पठन पाठनको केन्द्र मात्रै नभएर वालबालिकाहरुसग भएको खेल प्रतिभाको प्रवर्धन रबिकास समेत हुने भएको छ ।कक्षा १२ सम्म अध्ययनरत १२  देखि १८ बर्षसम्मका पालिका स्तरवाट छनौट भई आएका बिभिन्न ६ वटा खेल र मार्सल आट समेतमा करिव ८ सय ५० खेलाडि प्रशिक्षक सहित करिव ११ सय जनाको  सहभागिता रहने प्तियोगिताको सबै तैयारि पुरा भएको आयोजक समेत रहेको जिल्ला खेलकुद बिकास समितिका   अध्यक्ष खगेन्द्र वास्तोलाले बताए । 
पहिलो पटक जिल्ला बाहिर रहेको कारण ब्यवस्थापनमा चुनौति रहेपनि ब्यवस्थापक फाकफोकथुम गाउपालिका र सबन्धित वडाको सहयोग र समायोजनले प्रतियोगिता  सचालन गर्न सहज रहेको छ ।सहभागिलाई खानको लागि प्रतिदिन ५ सय बराबरको प्याकेज बनाईएको छ भने वासको लागि वरपरका १ सय ५० घरहरुमा होमस्टेको रुपमा तैयारी गरिएको र अपुग रहेमा आसपासको गाउहरुमा पालिका स्तरको सेल्टरवासको रुपमा राखिने समेत ब्यवस्ता गरिएको अध्यक्ष  वास्तोलाले बताए ।प्रतियोगिता सचालनको लागि करिव १७ लाख खर्च हुने अनुमान गरिएपनि हाल आयोजक सग तिनलाख पचास हजार मात्रै रहेको सबै पालिकाहरुवाट सहयोगको प्रतिवद्धता रहेकोले सहयोग प्राप्त हुनेहुदा खासै समस्या नआउने कुरामा आफु ढुक्क रहेको वास्तोलाको भनाई रहेको छ ।सहभागिहरुको स्वास्थ  सेवाको लागि जिल्ला स्वास्थ कार्यलय र स्थानिय स्वास्थ्य चौकिको समन्वयमा स्वास्थ्य सेवाको समेत तैयायारि रहेको छ ।खेलमा बिजेता पालिका स्तरको खेलाडिहरुले पदक र प्रमाण पत्र पाउदै प्रदेश स्तरका खेलको लागि जिल्ला स्तरिय खेलाडि बन्ने छन् भने बिजेता पालिकाले शिल्ड  पाउने छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment