कारागारभित्रै मदिरा र तास प्रकरणः प्रशासनद्वारा छानबिन शुरु

फाल्गुण १७ बुधबार


इलाम/ इलाम कारागारभित्र मदिरा सेवन गर्ने र जुवातास खेल्ने गरेको समाचार भिडियोसहित सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ ।
समितिन बनाएर घटनाबारे छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरुले कारागारभित्रै मदिरा सेवा गर्दै गरेको भिडियो सार्वजनिक भएको थियो ।
प्रशासनले तीन सदस्यीय समिति गठन गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो ।
समितिले काम थालिसकेको संयोजक थापाले बताए । भिडियो कहिलेको हो र को को व्यक्ति त्यस्तो गतिविधिमा संलग्न थिए भन्ने षियमा छानबिन हुने उल्लेख गर्दै त्यसैअनुसार कारबाही अघि बढाइने भएको छ ।
कारागारभित्र कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवा तास तथा मोबाइल फोन समेत प्रयोग गर्न नपाइने भए पनि खुलेआम त्यस्तो गतिविधि भएको सार्वजनिक भएको थियो ।
कारागारमा मदिरा सेवन, जुवा तास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शंका गरिएको छ ।
बाक्लो सुरक्षा घेराभित्र कसरी मदिरा लगियो भन्ने प्रश्न समेत उठेको छ । इलाम कारागारभित्र कैदीबिन्दीले मदिराको प्रयोग र तासको अखडा बनाइनु र कारागारभित्र निषेधित वस्तु प्रवेश गर्नुमा कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको सेटिङ बिना सम्भव नहुने स्रोतको भनाइ छ ।
जेलर सुमित मगरले उक्त भिडियो कारागार भित्रकै रहेको स्वीकारेका छन । उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदिबन्दी अहिले पनि यही रहेको र केही छुटेर तथा सरुवा भएर गइसकेको बताए । इलाम कारागारको क्षमता १ सय २५ जना क्षमताको भए पनि हाल दुई सय ८० जना राखिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment