प्रदेश १ नामकरण : ८२ जनाले ‘कोशी’को पक्षमा हात उठाए, ४ जनाले उठाएनन्

१७ फाल्गुन २०७९, बुधबार


विराटनगर । प्रदेश नम्बर १ को नाम ‘कोशी’ प्रदेश राख्न प्रस्ताव गरिएकोमा प्रदेश सभाका ८२ सांसदले हात उठाएका छन् ।
बुधबार प्रदेश १ को नाम ‘कोशी’नामकरण गरियोस् भनि प्रदेश सभामा राखिएको प्रस्तावमा ४ जनाले हात उठाएनन् ।
दुईतिहाई भन्दा बढी सदस्यहरुले ‘कोशी’ प्रदेशको पक्षमा हात उठाएसँगै उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।
बुधबार बिहान प्रदेश सभा सचिवालयमा ‘कोशी प्रदेश’ र ‘किरात लिम्बुवान सगरमाथा प्रदेश’ प्रस्ताव प्रदेशसभा दर्ता भएको थियो।
एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको थियो भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेका थिए ।
एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर ‘कोशी’ नाम बुधबार बिहान प्रस्ताव संसद्मा दर्ता गराइएको थियो । तर, प्रस्ताव संसदमा दर्ता गराएको केही घण्टा नबित्दै राजवंशीले प्रदेश सभा सचिवालयमा समर्थन फिर्ता लिएको निवेदन दिएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment