दुर्गा प्रसाईँले खडा गरेको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ

२४ फाल्गुन २०७९, बुधबार


काठमाडौं । दुर्गा प्रसाईँले खडा गरेको संगठबन ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापालाई प्रहरीे पक्राउ गरेको छ ।
थापालाई चितवनको भरतपुरबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार थापालाई गएराति चितवनको मालपोत कार्यालय नजिकै रहेको एक चिया पसलबाट पक्राउ गरिएको हो ।
बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिने गरेका पसाईँले केही दिन अघि चितवनकै नारायणी नदी किनारमा सभा गर्दै ‘कालोमोसो दस्ता’ गठबन गरेका थिए ।
सोही सभाले सम्भू थापालाई संयोजक तोकेको थियो । त्यसअघि दुर्गा प्रसाईँले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो दस्ता संगठनको घोषणा गरेका थिए । पक्राउ परेका थापामाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment