इलामको हर्कटे जिर्मले बैकल्पिक सडकको स्तरोन्ती गर्ने वडा अध्यक्ष शिवको प्रयास

  • गोबिन्द पौडेल 

रोङ १० बैशाख, आधा शताब्दिमा पनि स्तरोन्नती हुन नसकेको हरकटे तारगाउ जिरमले सडकको बिकल्पमा सुनपा ६ तारगाँउमा बनेको अलव्येदर सडक जिर्मले वासिको लागि पनि भरपर्दो बनेको छ ।
२०३५ सालबाट निर्माण थालिएको हर्कटे तारगाउ जिर्मले माथिल्लो सडक  केन्द्रिय स्तरको भएपनि स्थानिय सरकारको दायित्व नरहेको अवस्थामा तारगाउको बिचबाट बनेको हरकटे तारगाउ महेन्द्रबेसि सडकबाट आलगैरी हुदै जिरमले जोडिएको र तारगाउखोला र राममन्दिर आसपासमा नालिपेटि सहित ग्राभल र  अति बिकट स्थानमा सजिलो हुने भएपछि सिङ्गो तारगाउ सहित जिर्मले वासिको लागि दरिलो बिकल्प बनेको हो ।
गत ९ बैशाखको बिहान ८ बजे राममन्दिर नजिकमा मजदुरसगै भेटिएका सूर्र्योदय नगरपालिका ६ का वडाध्यक्ष शिवकुमार बस्नेत साझ ६ बजेपनि त्यहि स्थानमा भेटिएका  थिए र उनले भने  समयमै काम सकेर नागरिकलाई सजिलो अनुभुति दिने मेरो प्रयास हो ।
यसबर्ष तारगाउ खोलाबाट करिव १ दशमलव पाच किलोमिटर नालि पेटि र ग्राभल गर्न १ करोड १० लाख बजेट बिनियोजन गरेको, जटिल ६ स्थानमा तारजालि र ह्युम पाईप राखेर अल व्येदर बनाउदै लैजाने आफ्नै कार्यकालमा अगाडिको भागमा स्तरउन्नति र पिच समेत गरेर वडा न ६ का नागरिकहरुलाई अमफुलाई मत हालेको उपहार दिन अहोरात्र लागिरहने बताए ।
अघिल्लो कार्यकालमा निक्कै बिवाद र चर्चामा रहने गरेर पनि पुन दोश्रो कार्यकालको लागि निर्वाचित बनेका बस्नेतले शुरुका दिनहरुमा महत्वपुर्ण जनसरोकारका कामहर गर्दा अवरोध आईरहेको कारण आफुलाई अनावश्यक बिबादमा तानिने गरेको भएपनि अव काम गर्न कुनै अडचन नहुदा लक्ष्यअनुसारको प्रगति निर्धारित समय अघि नै प्राप्त गर्न सक्नेमा आफु ढुक्क रहेको बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment