९ बैशाख २०८०, शनिबार
विराटनगर । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भएर मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेष चोकमा पहिचानवादी र प्रहरीविच झडप भएको छ ।
आन्दोलनकारीले प्रहरीको निषेधाज्ञा तोडेर मुख्यमन्त्री कार्यालयतिर अगाडि बढ्न खोजेपछि दुवै पक्ष विच झडप भएको थियो । त्यसक्रममा भिड तितरवितर पार्न प्रहरीले ८२ सेल अश्रुग्याँस प्रहार गरेको जनाएको छ भने झडपमा परी ७ जना प्रहरी र ४ जना आन्दोलनकारी घाइते भएका जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
शनिवार लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरान, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशको राजधानी साथै कोशीप्रदेश सभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम अनुसार विराटनगर स्थित रोडसेस चौकस्थित मुख्यमन्त्री कार्यालय नजिक निषेधाज्ञा तोडेपछि झडप भएको हो ।
झडपका क्रममा प्रहरीले अश्रुलग्याँस प्रहार गरेर प्रर्दशन कारीलाई तितरवितर वनाएको थियो भने प्रर्दशनकारीकाहरुले ढुङ्गामुडा प्रहार गरेका थिए । लाजेहाङ्को शव लिएर आएका प्रर्दशन कारीले शव लिएर विराटनगर स्थित जनआन्दोलन चोकमा कोण सभा गरेका थिए ।
नामाकरण संयुक्त संघर्ष समितिले लाजेहाङ्लाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए । लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।
पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुदा घाइते भएका लाजेहाङको उपचारको क्रममा १० गते मृत्यु भएको थियो । उनिहरुले कोशी नाम खारेज नगरे सम्म आन्दोलन जारी रहने बताएका छन् । लाजेहाङको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

0 comments:
Post a Comment