इलामको फुएतप्पामा बाँदर आक्रमणबाट एक महिला घाइते

इलाम, ५ बैशाख २०८०

इलामकाे फाकफाेकथुम गाउँपालिका-४ फुएतप्पामा बाँदरकाे आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । अन्दाजी ३ बजेकाे समयमा घरछेउकाे  गोठमा गाईबस्तुलाई घाँस र खाेले दिनेक्रममा बाँदर हुलले आक्रमण गर्दा ६० बर्षिय सितादेवी सापकाेटा घाइते भएकी हुन् ।


बाँदरको हूललाई धपाउने क्रममा चारवटा बाँदरले आक्रमण गरि सक्त घाइते बनाएकाे छोरा अर्जुन सापकोटाले जानकारी दिए । बाँदरको आक्रमणबाट घाइते भएकी उनकाे शरिरमा लगाएको लुगा कपडा च्यातिदिएको र लछार पछार गरि लडाएको अवस्थामा दाइने हात भाचिएको छ ।
उनकाे  देउमाई नगरपालिका मंगलबारे लोकसम आयुर्वेदिक उपचार केन्द्र मंगलबारेमा उपचार गरि घर ल्याइएको छ । बाँदरको आक्रमणबाट बारे गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल र  वडाध्यक्ष पदम दर्लामीलाई जानकारी गराइएकाे छ ।
बाँदर आक्रमणको बारे  फोनमार्फत  जानकारी लिने सन्दर्भमा अध्यक्ष  खनाललाई फोन गर्दा यस घटना बारे जानकारी हिजो मात्र थाहा पाएकाे र बाँदर आतङ्कबारे चाडै बुद्धिजीवी, जनप्रतिनिधिहरू र प्रहरी प्रशासनसित बैठक बसेर निर्णय लिइने उनले बताए ।
बाँदर आतङ्कले गर्दा गाउँबाट बिस्थापित हुनुपर्ने, बसाई सर्नुपर्ने गाउँका युवाहरू बिदेशिनु पर्ने घर छोड्न पर्ने बाध्यता रहेको छ । गाउँमा रहेको खेतीयोग्य जमीनमा लगाएको अन्नबाली,सागसब्जी बाँदरले खान नदिने,साथै बादरको आतङ्कले गर्दा खेतीयोग्य जमिन बाझो राख्नु पर्ने मुख्य समस्या रहेको छ।
लाेकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment