इलामको रोङको सरस्वतीको स्वर्णमहोत्सव

  • गोबिन्द पौडेल 

रोङ १७ बैशाखः सरस्वती माध्यामिक बिद्यालय भालुझोडाले आफ्नो स्थापनाको पचासबर्ष आइतबार (आज) र सोमबार बिबिध कार्यक्रमको साथमा मनाउने भएको छ ।
२०३० बैशाख १०  गते स्थापना भएको बिद्यालय २०५५ सालबाट निम्न माध्यामिक हुदै २०६६ बाट माध्यामिक तहको कक्षा १० सम्म सञ्चालित रहेको छ ।
बैशाख १७ र १८ गते दुईदिन विभिद कार्यक्रम गरेर मनाईने ५० औँ बार्षिक उत्सव (स्वर्ण महोत्सवको) कार्यक्रम अनुसार १७ गते उद्घाटन स्वर्ण महोत्सवको स्तम्भ अनावरण,राष्टपति शैक्षिक सुधार योजना अन्तगत नवनिर्मित चारकोठे भवन उद्घाटन,स्थापना कालदेखि हालसम्मका शिक्षकहरु,बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारि,शिक्षक अभिभावक सघका सदस्यहरुलाई सम्मान र मायाको चिनो  बितरण कार्याक्रम रहेकाे छ । 
,पुर्व शिक्षक तथा वर्तमान अध्यक्ष  समाजसेवि आर बि गुरुङले बिद्यालयलाई दिनुभएको योगदानको उच्च मुल्यांकनको कदर गर्दै दिर्घ सेवा पदक प्रदान दिइने छ ।  साथै समुदायमा रहेका बिभिन्न आठ जातिहरु राई,लिम्वु,गुरुङ,तामाङ ,भुजेल,सुनुवार र खस सगिनि झाकि समेत प्रस्तुतिको कार्यक्रम रहेको बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर राईले बताए ।
यसैगरि १८ गते रोङ गाउपालिका भरिका बिद्यालयहरु र बिभिन्न क्लवहरुकको नृत्य गायन सहितको सास्कृतिक कार्यक्रम सहित समापन गरिने छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment