झापामा घरको कोठा-कोठाबाटै जग्गाको लालपूर्जा बन्नथालेपछि…

१८ बैशाख २०८०, सोमबार



झापा । ऐलानी जमिनमा बसोबास गर्नेहरुलाई केही ठगहरुले घरमै लालपुर्जा ल्याइ दिए । लालपुर्जा हुनुको अर्थ हुन्छ जमिनको मालिक हुनु ।
जमिनको मालिक हुन मालपोत कार्यालयमा गएर कागजी विधी प्रक्रिया पुरा गर्नु पर्छ । यो प्रक्रिया सबैलाई थाहा नहुन सक्छ । तर बस्तीका सबैलाई थाहा भएन भन्न मिल्छ ?
जग्गा पाउने आशामा सायद मानिसहरुले अरु कुरा हेरेनन् । लालपुर्जा पाइने आशामा प्रति घर २० हजारदेखि ६५ हजारसम्म ठगहरुलाई बुझाए ।


ठगहरुले पनि पाँच रुपैयाँको नेपाली कागज, १५० रुपैयाँमा बनाउन सकिने मालपोतको रबर स्ट्याम्प, रातो मसि भएको कलम र अधिकृतको हस्ताक्षर आफैंले किर्ते गरेर लालपुर्जा तयार पारिदिए ।
यस्तो लालपुर्जा कोठामा तयार पारिएको थियो, जसको अभिलेख मालपोतमा कतै थिएन । यो प्रकरण सार्वजनिक भएपछि तीन जना ठग प्रहरी फन्दामा परेका छन् । मामिला हो, झापा काकरभिट्टाको ।
झापाको मेचीनगर– ६ काँकरभिट्टामा जग्गा धनिपूर्जा दिलाइदिने भन्दै लाखाँै रुपौया ठगी भएको खुलेको छ ।
काकरभिट्टाको मेचीडाँडाका एक सय भन्दा बढी परिवारबाट जनही २० देखि ६५ हजार सम्म रकम उठाइ नक्कली धनीपूर्जा दिएको पाइएपछि घटना सतहमा आएको हो ।
जग्गाको धनिपूर्जा लिन सामान्यतः मालपोत कार्यालय जानुपर्ने हुन्छ तर, झापाको काँकरभिट्टामा भने घर घरमै धनिपूर्जा पुर्याएर लाखौँ रुपैया ठगी भएको खुलेको छ ।
वर्षौ देखि काँकरभिट्टाको मेची डाँडा र आसपास ऐलानी जग्गामा बस्ने स्थानियलाई धनिपूर्जा दिलाइदिने भन्दै प्रत्येक कित्ताबाट १५ हजार देखी ६५ हजारसम्म लिएर नक्कली धनिपूर्जा थमाइदिएको प्रमाण सिधा कुराले फेला पारेको छ ।
यो धन्दामा संलग्न केही व्यक्ति अहिले फरार छन् । यो प्रकरण सात महिना अघिदेखि खुल्दै आएको थियो । तर पीडितहरु पनि बोल्न नचाहेका कारण खास खुलासा हुन सकेको थिएन ।
धनीपूर्जा नक्कली भएको र उनिहरुले बुझाएको रकम पनि फिर्ता नहुने भएपछि मेची डाँडामा स्थानयहरुले मुख खोल्न थालेका छन् ।
पीडितहरुको भेलाले धनिपूर्जाको लागि दिइएको रकम आधा मात्र फिर्ता गराउने र त्यसको लागि कँही कतै उजुरी नगर्न र बाँडीएको धनिपूर्जा फिर्ता गर्ने निर्णय गरेको छ ।
धनीपुर्जा दिलाइ दिने भन्दै रकम उठाउन स्थानिय ज्ञान बहादुर गिरी, भुपध्वज दाहाल र टिकादत्त काफ्ले सक्रिय थिए । अहिले उनीहरुलाई जोगाउने प्रयत्न भइरहेको केहीले दावी गरेका छन् ।
स्थानीयबाट रकम संकलनमा गर्ने यी तीन व्यक्तिलाई पनि परिचालन गर्ने झापा गरामनीका अर्जुन उप्रती भने अहिले सम्पर्कविहिन छन् ।
स्थानीयसँग रकम संकलन गर्ने ज्ञानबहादुर, भूपध्वज र टंकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
गिरोहको फन्दामा परेर सजिलै ठगिएको थाहा पाएपछि स्थानीयहरु झसंग भएका छन् ।
ऐलानी जमिनको लालपुर्जा बाँडिने कुराको जानकारी भएर पनि स्थानीय जनप्रतिनिधिहरुले वास्ता नगरेको र आफूहरुलाई सचेत नगराएको भन्दै पीडितहरुले दुःख व्यक्त गरेका छन् ।
पीडितहरुले घटनाबारे स्थानीय प्रशासनमा उजुरी गरेपछि गाउँलेहरु चाहिँ ती पीडितहरुविरुद्ध नै रिसाएका थिए । उजुरीकर्ताको रकम फिर्ता नहुने भन्दै पीडिक पक्षका व्यक्तिहरुले धम्की पनि दिए ।
यो घटनाबाट पीडित भएका ६० जनाले प्रहरीमा आफ्नो समस्या टिपाएका छन् । यो प्रकरणमा ठगीसहित अन्य मामिला समेत आकर्षित हुने देखिएको छ ।
इलाका प्रहरी कार्यालय काकरभिट्टका अनुसार सरकारी छाप तथा कागजात कीर्ते गरेको अभियोगमा समेत मुद्दा चल्न सम्भावना छ ।
यस प्रकरणम मुछिएका र मुख्य योजनाकार मानिएका अर्जुन उप्रेतीसँग पनि हामीले सम्पर्क गर्ने प्रयास गरेका थियौं । तर उनको मोबाइलको स्वीच अफ भएका कारण सम्पर्क हुन सकेन ।
न्युज२४ नेपालबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment