साँखेजुङको ग्रिन भ्याली चिया उद्योग नेपालकै उत्कृष्ट चिया उद्योग


इलाम, १५ बैशाखः इलामको इलाम नगरपालिका १ साँखेजुङमा सञ्चालन भई रहेको ग्रिन भ्याली चिया प्रशोधन कारखना नेपालकै उत्कृष्ट उद्योगको रुपमा सम्मानीत भएको छ । चौथो अन्तर्राष्ट्रिय  चिया दिवसको उपलय्क्षमा बिहीबार काठमाडौंमा उद्योग वाणिञ्य तथा आर्पुती मन्त्रालयको आयोजनामा भएको कार्याक्रममा उक्त उद्योगलाई सम्मानित गरिएको हो । 


ग्रिन भ्यालीले चिया तथा कफीबोड र  मन्त्रालयले गरेको उद्योगको अनुगमना युवा व्यावसायिले सञ्चालन गरेको उद्योग अन्तरगत प्रथम स्थान हासील गरेको हो । उत्कृष्ट उत्पादन, व्यवस्थापन र वजारीकरणमा उक्त उद्योग अवल रहेको पनि चिया तथा कफि वोर्डका दिपक खनालले जानकारी गराए  । 
इलामको सँगखेजुङको शिव लक्ष्मण टी स्टेटमा सञ्चालित सो उद्योगले साँखेजुङ, देउमाई नगरपालिका इलाम नगरपालिका सन्दकपुर गाउँपालिका लगायतका कृषकहरुबाट आग्यानिक हरीयो पत्ति सञ्कल गरी प्रसोधन गर्ने गरेको चिया कारखानाका सञ्चालक पाञ्डप तिम्सीनाले जानकारी गराए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment