एमाले अध्यक्ष ओलीलाई जन्मजिल्ला तेह्रथुममा पनि कालो झण्डा

१५ बैशाख २०८०, शुक्रबार



तेह्रथुम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्द उनकै जन्मजिल्ला तेह्रथुमको आठराईमा पनि नाराबाजी भएको छ ।
आफ्नो जन्मजिल्ला तेह्रथुमको आठराई गाउँपालिका ४ इवा पुगेका अध्यक्ष ओलीलाई त्यहाँका पहिचानवादीहरुले कालो झण्डासहित नाराबाजी गरेका हुन् ।
अध्यक्ष ओली शुक्रबार आफ्नै जन्म घरसहितको जग्गामा बनेको तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न आठराई आएका हुन् ।
उनीविरुद्द नाराबजी गर्ने केहीमाथि प्रहरीले लाठी चार्जसमेत गरेको छ । उनको सुरक्षाका लागि पाँचथरको फिदिमबाट सुरक्षाकर्मी झिकाइएको थियो । अध्यक्ष ओली एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सँगै लिएर आठराई पुगेका हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment