८ बैशाख २०८०, शुक्रबार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पादन गर्न सुझाव दिएका हुन् । उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए ।
सम्मानित नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान् भएको बताए । उनले हरेक कुरालाई पराजय गर्नका लागि आत्मविश्वासको आवश्यक्ता रहेको पनि बताए ।
उनले भने, ‘मैले आफैँले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरुले कोदो खायो भने कम हुन्छ । मेरो पनि अलि अलि प्रेसर थियो, अहिले मेरो केही पनि छैन । मेरो स्वास्थ्य पहिला भन्दा धेरै राम्रो छ । म अहिले म्याराथनमा जाऔँ भनेपनि तयार भनेको जस्तो छु । मान्छे आत्मविश्वासयुक्त भएर जानुपर्छ । म यो काममा लागिरहेको छु, सफलतापूर्वक गर्न सक्छु भनेर जानुपर्छ । राजनीतिज्ञमा पनि त्यो हुनुपर्छ नत्र नेतृत्व गर्न सक्दैन । नैतिकवान राजनीतिज्ञमात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्छ ।’

0 comments:
Post a Comment