बस र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

६ बैशाख २०८०, बुधबार


महोत्तरी । महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
सम्सीबाट बर्दिवास आउदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको मधेश प्रदेस ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरिक्षक दिलिप कुमार गिरिले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

News form News24 Nepal
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment