इलाम, १४ बैशाखः साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड माई नगरपालिका इलाममा बुधबार राती अपरिचित समूहले नगद चोरी गरेको छ।
माई-४ शुक्रबारे-गैरीगाँउमा रहेको सहकारीबाट लकर सेफमा रहेको र अन्य स्थानमा रहेको नगद गरी २७ लाख ७१ हजार ५ सय ६५ चोरी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिनुभयो।
गएराति ११ बजेर ४५ मिनेट देखी १ बजेर २९ मिनेट सम्म ४ जनाको समुहमा सहकारी कार्यालय भित्र पसेर चोरी गरेको सिसि क्यामेरा फुटेजमा देखिएको सुरक्षा स्रोतले जनाएको छ ।
सहकारीको सोमबार सम्मको नगद मौज्दात २६ लाख ७१ लाख ७ सय ६५ रुपैयाँ र मंगलबारको वचत ९९ हजार ८ सय रहेको व्यवस्थापक इन्द्र बहादुर रैका मगरले जानकारी दिनुभयो। सानाकिसान कृषि महिला सहकारी संस्थामा करिव १३ सय महिला सदस्य रहेका छन् ।

0 comments:
Post a Comment