माइजोगमाई अध्यक्ष कपः इलाम नगरपालिका सेमी फाइनलमा प्रवेश

  • डम्बर कुमार निरौला 

माईजोगमाई, १२ बैशाखः माईजोगमाई गाउँपालिका अध्यक्ष कपमा इलाम नगरपालिकाले र चुलाचुली गाउँपालिकालाई ४–१ ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।  
आजको खेलमा पहिलो हाफको इन्जुरी समयमा ईलामको तर्फबाट जर्सी नम्बर ७ का खेल्लाडी साङ्गे शेर्पाले १ गोल गर्दै टीमलाई १–० को अग्रता दिलाएका थिए ।  खेलको दोस्रो  हाफको ७ मिनेटमा इलाम नगरपालिकाको तर्फबाट जर्सीनम्बर १० का खेल्लाडी मौसम राईले १ गोल गरे, दोस्रो हाफको १५ मिनेटमा इलाम नगरपालिकाका जर्सी नम्बर ७ का खेल्लाडी साङ्गे शेर्पाले थप अर्को गोल गरेका थिए । भने दोस्रो हाफकै २८ मिनेटमा इलाम नगरपालिकाका जर्सी नम्बर ५ का खेल्लाडी पुस्कर दाहालले अर्को गोल गरेका थिए । चुलाचुलीका तर्फबाट एक मात्र सान्तवना गोल   जर्सी नम्बर ८ खेल्लाडी किस्मत लिम्बुले १ गोल गरेका थिए । 
आजको खेलको म्यान अफ द म्याच  ईलाम नगरपालिकाका जर्सी नम्बर ७ का खेल्लाडी साङ्गे शेर्पा घोषित भए ।
बिहीबारको  हुने खेल माई नगरपालिका र फाकफोकथुम गाउँपालिका बिच हुने छ ।
खेलको बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ । उपबिजेता टिमले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछन् । खेलको फाईनल खेल बैशाख १९ गते माईजोगमाई गाउँपालिका नयाँबजारको बालागुरु खेलमैदानमा हुने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment