झापाको दमकमा कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप

 बैशाख २०८०, मंगलवार


झापा । झापाको दमकमा कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ।
कोसी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले आज दमकको गणतन्त्र चोकमा निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो। जसका कारण अहिले दमक तनावग्रस्त बनेको छ।
झडपको क्रममा प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पहिचान पक्षधरले प्रहरीमाथि राँको र इँटाढुंगा प्रहार गरेका छन् । यस क्रममा थुप्रै घाइते भएका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment