इलामको सूर्योदयमा बाबु आमाको स्मृतीमा विद्यालयमा पाँचलाखकाे अक्षयकोष


इलाम, २६ बैशाखः इलामको सूर्योदय नगरपालिका वडा नम्बर ६ मा अवस्थित श्री सरस्वती निवास आधारभूत विद्यालयमा वाबुआमाको स्मृतिमा अक्षय कोष स्थापना भएको छ ।
साविक कन्याम गाउँविकास समिति  वडा नंम्बर  ४ हाल सूर्योदय नगरपालिका वडा नम्बर ६ मा जन्म भई हाल झापा, काठमाडौं, इलाममा समेत छरिएर बिभिन्न पेशा गरीरहेका स्वर्गीय  भक्तिप्रसाद भट्टराईका छोराहरू टीकाराम, ठाकुर, केशब, फणीन्द्र शिवकुमार भट्टराई, छोरीहरू चित्रा, रुक्मा, सीता, इश्वरा, रीता तथा नातीहरू समेतले आफ्ना बाबु आमाले पुर्याउनु भएको शैक्षिक तथा सामाजिक योगदानको स्मरण गर्दै आफ्ना बाबुआमाको नाममा "स्वर्गीय भक्तिप्रसाद ( नर्वदादेवी ( दुर्गादेवी भट्टराई स्मृति छात्रवृत्ति अक्षयकोष, २०८०" स्थापना गरिदिनु भएको हो।  
वि.स. २०१४ सालमा स्थापना भएको यस विद्यालयमा स्थापना कालदेखि नै लामो समयसम्म व्यवस्थापन समितिमा रहेर भक्तिप्रसाद भट्टराईले काम गर्नुभएको थियो । हाल कक्षा ८ सम्म पूर्णतः अँग्रेजी माध्यममा अध्ययन अध्यापन गर्ने गराउने उक्त बिद्यालयमा हरेक वर्ष अध्ययन गर्ने र परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने २ जना छात्र र २ जना छात्रा गरी ४ जना विध्यार्थीलाई छात्रवृत्ति स्वरूप नगदै रकमले पुरस्कृत गर्नेगरी दाता परिवारका तर्फबाट रू। ५,००,०००।- (पाँचलाख रूपैंयाँ) को अक्षयकोष स्थापना गरिएको हो । उक्त कोषबाट वार्षिक रूपमा प्राप्त हुने व्याज रकमबाट विध्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गर्नेगरी अक्षयकोष स्थापना गरिएको र सो कोषमा रकम थप गर्दै लैजान समेत सकिने व्यवस्था गरिएको छ । 


 विद्यालयमा आयोजित अक्षयकोष स्थापना सम्बन्धी विशेष कार्यक्रममा उक्त पाँचलाख रूपैंयाँ रकमको चेक स्वर्गीय भक्तिप्रसाद भट्टराईका सन्ततीहरूका तर्फबाट विध्यालय व्यवस्थापन समितिका अध्यक्ष  जिवनहरी कार्की तथा विध्यालयका प्रधानाध्यापक श्री पुष्पलाल गजुरेललाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।
निःशुल्क शिक्षा, निःशुल्क पाठ्यपुस्तक, निःशुल्क खाजा खर्च लगायत निःशुल्करूपा अन्य धेरै सुविधाहरू सरकारको तर्फबाट उपलब्ध गराइएको भए पनि वर्तमान समयमा गुणस्तरिय शिक्षाको लागि निजी बिद्यालय जाने संस्कारको विकास भइरहेको अवस्थामा सरकारी विध्यालयको शिक्षा तथा संस्कारको विकास गराई सामुदायिक विद्यालयीय शिक्षामा जोड दिने प्रयास स्वरूप यो सहयोग विध्यालयलाई उपलब्ध गराइएको हो । यस अक्षयकोष रकमको व्याजबाट यस विध्यालयमा अध्ययन गर्ने विध्यार्थीको अध्ययन खर्चमा थप सहयोग पुग्ने विश्वास गरिएको बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीवन कार्कीले बताए ।  
 दाता परिवारका तर्फबाट श्री फणीन्द्रराज भट्टराईले सञ्चालन गर्नुभएको र दाता परिवारका जेष्ठ सदस्य श्री टीकाराम भट्टराईको अध्यक्षता रहेको अक्षयकोष स्थापना कार्यक्रममा उपस्थित अतिथिहरूलाई दाता परिवारका तर्फबाट श्री शान्ता भट्टराईले स्वागत गर्दै अक्षयकोष स्थापनाको उद्देश्का बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी  श्रवणकुमार पोखरेल, सूर्योदय नगरपालिकाका प्रमुख  रणबहादुर राई, शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख डम्बरबहादुर सुवेदी समेतले पठाउनुभएको लिखित शुभकामना पढीबाँची सुनाइएको थियो भने प्रमुख अतिथी एवम् सूर्योदय नगरपालिका वडा नंम्बर ६ का वडा अध्यक्ष  शिवकुमार बस्नेतले दाता परिवारको विषयमा चर्चा एवं अक्षयकोषको लागि प्राप्त रकमको सही सदुपयोग गर्न सुझाब दिँदै विद्यालयको थप सुधार र गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्न स्थानीय सरकार सदैव तयार रहेको बताउनुभयो। 
कार्यक्रममा विद्यालयका भुतपूर्व प्रधानाध्यापक  एकराज गर्तौलाले स्वर्गीय  भक्तिप्रसाद भट्टराईले विद्यालयको स्थापनादेखि आफ्नो जीवनकालको लामो समयसम्म विद्यालयमा गर्नुभएको योगदानको बारेमा जानकारी प्रदान गर्दै मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सरस्वती निवास आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जिवनहरी कार्की, विद्यालयका प्रधानाध्यापक पुष्पलाल गजुरेल, भुतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीराज लुइँटेल समेतले अक्षयकोष स्थापना भएबाट विद्यालयको शैक्षिक सुधारमा थप सहयोग पुग्ने भएकोले खुशी व्यक्त गर्दै दाता परिवारलाई धन्यवाद प्रदान गर्नुभएको थियो भने विद्यालयका भुतपूर्व प्रधानाध्यापक एवम् दाता परिवारका सदस्य  ठाकुर भट्टराईले आफूले सो विद्यालयमा अध्यापन गरेको समयको अनुभव बताउँदै कोष सञ्चालन सम्बन्धी विधान पढीबाँची सुनाउनु भएको थियो ।
उक्त कार्यक्रममा दाता परिवारका तर्फबाट विद्यालयलाई खेलकुद सामाग्री र नेपाल टलिकमको सामाजिक उतरदायित्व अन्त्गत एक थान मेबायल मल्टि चार्जर समेत उपलब्ध परिवारकै तर्फबाट शिवकुमार भट्टराईले उपलब्ध गराउनु भएको थियो। 
साथै, सूर्योदय नगरपालिका वडा नम्बर ६ घर भइ हाल बिर्तामोडमा व्यवसाय गर्दै आएका युवा व्यवसायी देबेन्द्र आचार्यले विद्यालयको बाल कक्षामा रङ्गरोगन, पेन्टिङ र बालमैत्री व्यवस्थापन आफूले गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही कार्यक्रममा शिक्षीका सृजना गुरुङ्ग र विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।सोही कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरु भगवती आचार्य, संगीता खड्का, सीता कुमारी खवास र लक्ष्मी नेपाललाइ विद्यालयमा रहँदा पुर्याएको योगदानको उच्च कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment