क्रिकेट सङ्घ इलामद्वारा खेलाडी सम्मान


इलाम, १३ जेठः  प्रदेश १ यु १६ क्रिकेट टिमलाई रास्ट्रीय प्रतियोगितामा बिजयी बनाउन महत्वपुर्ण भुमिका खेल्दै  फाइनल खेलमा सानदार प्रदर्शन गर्ने इलामका ३ जना खेलाडीलाई शुक्रवार एक कार्यक्रम बिच जिल्ला क्रिकेट सङ्घ इलामले सम्मान गरेको छ । 
गत बैशाख १० गते देखि १७ सम्म धनगढीमा सम्पन्न यु १६ राष्ट्रीय क्रिकेट प्रतियोगिताको  उपाधि जितेको प्रदेश १ टिमका सदस्य मध्ये इलाम जिल्लाको प्रतिनिधित्व गर्ने ३ जना इलामका खेलाडीहरु क्रमश सिबान्स बजगाई ,  एलिश मन्डल र सुयोग भट्टराईलाई इलाम जिल्ला क्रिकेट सङ्घले  नगद र प्रशंसा पत्र सहित सम्मान गरेको हो । 
होटल हाम्रो पोख्रेली इलाममा आयोजित उक्त कार्यक्रमा इलाम जिल्ला क्रिकेट सङ्घ सचिब महेश राई,  न्यु स्टार्स क्रिकेट क्लबकी अध्यक्ष अशिका खतिवडा र सिनियर अ्म्पायर सन्जय लामाले खेलाडिहरुलाइ नगद रु १ जनही दश हजार र प्रशंसा पत्र प्रदान गर्नु भयो । कार्यक्रममा सङ्घ अध्यक्ष अर्जुन पौडेलले इलामको क्रिकेट बिकासमा सङ्घ अझ थप योजना साथ अघि बढ्ने साथसाथै खेलाडीहरुको उपलब्धिले सङ्घलाई खुशि प्रदान गरेको भन्दै प्रदेश १ टिमलाई करिब १० बर्ष पछि रास्ट्रीय खेलमा च्याम्पियन बनाउने सम्पुर्ण प्रदेश १ यु १६ टिमका खेलाडी एवम्  अफिसियलहरुलाई धन्यबाद दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment