इलाम, ३ जेठः इलामको इलाम नगरपालिका ४ नौकिलो मिटरबाट प्रहरीले बुधबार एकजना युवकलाई आत्महत्या गर्छु भन्ने युवालाई सकुसल उद्दार गरी आफन्तको जिम्मा लगाएको छ । बैशाख ३१ गते ०७ः३० मा इलाम नगरपालिका ४ बरबोटे स्थायी घर भएका उनले मोबाईल मार्फत आत्महत्या गर्छु भन्ने म्यासेज ईन्टर पोललाई पठाएका थिए
सो म्यासेज ईन्टर पोल हुँदै साईवर ब्युरो हुदै जिल्ला प्रहरी कार्यालय इलाममा प्राप्त भए पछि तत्काल जिल्ला प्रहरी कार्यालयले प्रहरी टोली परीचालन गरी निजको स्थायी ठेगाना पत्ता लगाई प्रहरी र स्थानियको सहयोगमा ४ दिन पछी बुधबार विहान इलाम नगरपालिका ४ स्थित नौकिलो जंगलको ओडारमा बसी रहेको अवस्थामा फेला पारी निजलाई सकुसल परिवार समक्ष बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरिक्षक विपिन विश्वकर्माले जानकारी गराए ।
0 comments:
Post a Comment