इलामको रोङमा खेलसामाग्री वितरण

  • गोबिन्द पौडेल 

रोङ ३ जेठः खेलकुद र खेल प्रतिभाको विकाश गर्न रोङ गाउपालिका  ६ ले खेलसामाग्रीहरुको बितरण गरेको छ ।वडा  भित्र कृयाशिल क्लवहरुलाई खेलकुदको क्षेत्रमा क्रियाशिल रहेर युवाहरुलाई अनुशासासन,स्वस्थ्य र बिकाशमा  गतिशिल बनाउन उदेश्यको साथ वडाभित्र रहेका पाचवटा क्लहरुलाई,फुटबल भलिवल ,जर्सि ,नेट लगायतको सामाग्रिहरु बितरण गरिएको वडाध्यक्ष सत्यम राई चौरासेले बताए ।
वडाभित्र कृयाशिल रम्भ्याङ स्पोटिङ,सलकपुर पाटापुर,खर्कगाउमा कृयाशिल क्लवहरुलाई खेल सामाग्रिहरु वडा कार्यलमा बितरण गरिएको थियो ।यसअघि पनि वडाको सकृयतामा खेलमैदानको बिकास र बिस्तार गरिएको थियो ।आफुहरु लाई वडाले खेल सामाग्रीहरु दिएर थप क्रयाशिल र जिम्वेवारी थपिदिएकोमा खुसी लागेको र आगामी दिनमा  अझ क्रियाशिल भएर खेलबिकासमा लाग्ने रम्भ्याङ स्पोटिङ क्लवका अध्यक्ष युवराज आचार्यले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment