आफ्नै निर्वाचन क्षेत्रबाट इलामका प्रदेशसभा सदस्य राना लखेटिए निर्वाचन


इलाम, ४ जेठः  नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य रामबहादुर मगर राना आफ्नै निर्र्वाचन क्षेत्रबाट लखेटिएका छन् ।
उनीमाथि आफ्नो निर्वाचन क्षेत्र माङसेबुङमा आक्रमण भएको छ । एमाले जिल्ला कमिटि इलामको बैठकका लागि माङ्सेबुङ्ग जाँदै गरेका रानालाई माङ्सेबुङ गाउँपालिकामा अज्ञातस्थलबाट आक्रमण भएको प्रहरीले जनाएको छ ।
प्रदेश १ को नामाकरण राख्दा प्रदेशसभामा कोशी नामको प्रस्तावक रहेका रानालाई अज्ञातस्थलबाट ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरेले बताए ।
आक्रमणबाट राना सवार गाडिको सिसा फुटेको छ । आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडिको अगाडि र पछाडीको सिसा फुटेको छ ।
दिउँसो १ बजे भएको घटनामा संलग्नको खोजी भइरहेको र सासंद राना सकुसल रहेको प्रहरीले जनाएको छ । आक्रमण पछि राम राना जिल्ला कमिटिको बैठकमा सहभागि नभइ दमक फर्किएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment