इलामकाे माईजोगमाईमा सनराईज बैंकद्वारा विद्यालयलाई सहयोग


इलाम, ४ जेष्ठः सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलामको माईजोगमाई ३,नामसालिङ्गमा रहेको  श्री विद्यादय आधारभूत विद्यालयमा प्रभाबकारी शिक्षा संचालनका लागि २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । 
बिहीबार आयोजित एक कार्यक्रमका बीच सनराईज बैंक इलाम शाखाका प्रमुख दिनेश शर्मा अधिकारी र बैंकका कर्मचारी अनन्त नेपालले विद्यालयको प्रधानाध्यापकलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । उक्त विद्यालयका प्रधानाध्यापकले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पुर्‍याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गर्नुभयो । ऊक्त कार्यत्रममा स्थानिय अविभावक , बुद्विजिवी, समाजसेवी , पत्रकार लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
सनराईज बैंक इलाम शाखाले २ वटा शाखारहित बैंकिङ्ग सेवा, सहित इलामबाट सेवा प्रधान गरिरहेको छ ।  हालसम्म सनराइज बैंकले देश भरीबात १३९ वटा शाखा, १०३ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment