इलाम चियाबारीबाट आत्महत्या गर्न खोज्ने झापाका युवा प्रहरीद्धारा उद्धार


इलाम 5 जेठ। आत्महत्या गर्न खोज्ने ३५ बर्षिय १ युवालाई प्रहरीले उद्धार गरेको छ । जिल्ला झापा बिर्तामोड नगरपालिका ७ बस्ने ३५ बर्षिय युवाले इलाम नगरपालिका ७ स्थित चिया बगानमा रहेको हावा महलमा नाईलनको डोरीले पासो लगाई आत्महत्या गर्न खोजी रहेको अवस्थामा स्थानिय मानिसले देखी जिल्ला प्रहरी कार्यालय इलाममा फोन मार्फत जानकारी गराउन साथ तत्काल प्रहरी टोली खटिई गई डोरी सहित निजलाई उद्धार गरी  जिल्ला अस्पताल इलामबाट सामान्य उपचार पछी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई राखिएको छ । निजलाई सोधपुछ गर्दा  घरायसी समस्याको कारण  आत्महत्या गर्न खोजेको बताएको छ । निज ब्यक्तिको आफन्तलाई खबर गरी बुझाउनको लागी आवश्यक पहल भईरहेको जिल्ला प्रहरीकार्यालय इलामले जानकारी दिएको छ। 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment