शैक्षिक हबको रुपमा अघि बढ्दै इलाम, जुविलेन्टमा विज्ञान संकाय

  • बुद्धमाया सोङ्मी 

इलाम : इलाम शैक्षिक हबको रुपमा विकास हुँदै गएको छ । एक समय पुर्वको शैक्षिक केन्द्रको रुपमा चिनिएको इलाम ७० को दशकपछि केही सुस्ताउँदै गएको थियो । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्ययनका लागि पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायताका जिल्लाबाट विद्यार्थीहरु आउने गरेका थिए ।
अहिले इलामले प्राविधिक धारको बिषयलाई अघि बढाएपछि पुनः शैक्षिक हबको रुपमा अघि बढेको छ । इलाममा अहिले स्नातकमा हर्टिकल्चर बिषय अध्यापन हुँदै आएको छ । जिल्लाका विभिन्न सरकारी विद्यालयमा माध्यमिक तहमा प्राविधिक बिषयहरु समावेश गराएका छन् ।
इलामको माई नगरपालिकामा रहेको कन्काई माध्यमिक विद्यालयले कम्प्युटर इन्जिनियरिङ सुरु गरेको छ । यसै शैक्षिक सत्रबाट अध्यापन सुरु भएको हो । अहिले इलामका सरकारी एवम नीजि विद्यालयहरुमा प्राविधिक धारका बिषयहरु अध्यापन थालिएपछि इलाम पुनः शैक्षिक हबको रुपमा अघि बढ्न सुरु गरेको छ ।
जिल्लाका ग्रामिण क्षेत्रका विद्यालयहरुमा समेत प्राविधिक शिक्षा अध्यापन भइरहेको छन् । अहिले नीजि विद्यालयहरुमा समेत एसइइ भन्दा माथिको प्राविधिक बिषय अध्यापन सुरु हुन थालेको छ । इलाम बजारमा नीजि क्षेत्रबाट स्थापित भएका विद्यालय एवम कलेजहरुमा प्राविधिक शिक्षा प्रदान गर्न थालिएपछि उच्च शिक्षाका लागि झापा जानुपर्ने बाध्यता केही हदसम्म समाधान भएको छ ।
प्याब्सन इलामका अध्यक्ष रगुन गुरुङ इलाम शैक्षिक हबको रुपमा विकास गर्न नीजि विद्यालयमा प्लस टु शिक्षा अघि बढाइरहेको बताए । उनले तुलनात्मक रुपमा कमै मात्र नीजि विद्यालयमा एसइई भन्दा माथिका कक्षाहरु भएपनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखिएको बताए ।
जुविलेन्टमा विज्ञान संकाय
इलाम नगरपालिका–७ नविन चोकमा रहेका जुविलेन्ट इलाइट एकेडेमीले यसै शैक्षिक सत्र देखि कक्षा ११ मा विज्ञान अध्यापन सुरु गरेको छ । विद्यालयले ऐच्छिक बिषयको रुपमा विज्ञानमा बायोलोजी र कम्प्युटर साइन्स समेत समावेश गरेको छ । जुविलेन्टले विज्ञान सुरु गरेपछि झापा जानुपर्ने बाध्यता हटेको हो ।
‘अहिले विद्यार्थीहरु साइन्स पढ्नका लागि झापा, धरान, काठमाण्डौ जानुपर्ने बाध्यता रहेको छ । हामीले घर नजिकै सहुलियत शुल्कमा अध्ययनको वातावरण तयार गरेका छौ । काठमाण्डौमा २ लाख रुपैया भन्दा बढि लाग्ने शुल्क जुविलेन्टमा ६०/७० हजारमा नै पुरा गर्न सकिन्छ । ’ एकेडेमीको प्रिन्सिपल भुषन्त सुब्बाले भने ‘ हामीले एडभान्स प्रविधिको मोडुलर साइन्स ल्याब, इन्टरएक्टिभ बोर्ड, नयाँ प्रविधिको कम्प्युटर ल्याब, छुट्टै पुस्तकालयको सुविधा र इलाममै पहिलो पटक फाइबरको डेक्स बेञ्च लगायतका सुविधा पनि थप गरेका छौ ।’
जुविलेन्टले इलामका अतिरिक्त पाँचथर र ताप्लेजुङका विद्यार्थीहरुलाई समेत लक्षित गरेर विज्ञान संकाय सुरु गरेको सुब्बाले जानकारी दिए । उनले बाहिरबाट आउने विद्यार्थीहरुका लागि होस्टलको समेत सुविधा रहेको बताए । एकेडेमीले एसइइमा उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थीलाई छात्रवृति समेत व्यवस्था गर्ने भएको छ ।
३.७ जिपिए देखि ३.७९ सम्म ल्याउनेलाई ४० प्रतिशत, ३.६ देखि ३.६९ ल्याउनेलाई ३५ प्रतिशत, ३.२ देखि ३.४९ जिपिए ल्याउनेलाई २५ प्रतिशत र अल्पसंख्यक समुदायका २ जनालाई ४० प्रतिशत दिने भएको हो । विज्ञान संकायमा भर्ना हुन एसइइमा विज्ञान, गणित र अंग्रेजीमा सी प्लस ल्याएको हुनुपर्नेछ ।
लाेकल शन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment