पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

१६ जेष्ठ २०८०, मंगलवार


काठमाडौं । महोत्तरीको बजारस्थित एनएमबी बैंकको शाखामा दिनदहाडै लुटपाट गरिएको छ। मंगलबार मध्यान्ह साढे १२ बजे चार जना अज्ञात व्यक्तिहरू आइ हातमा बोकेको पेस्तोल देखाएर लुटपाट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ३५ लाख रुपैयाँ लुटपाट भएको छ । लुटेराहरु मास्क लगाएर बैंकमा प्रवेश गरेका थिए ।
लुटेराहरु बैंक लुटेपछि मोटरसाइकल चढेर भागेका थिए । अहिले प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment