टोपबहादुरको बचाउमा उत्रिँदै ओलीले भने–‘उपप्रधानमन्त्री भइसकेकोलाई बाटोमा हिँड्दा समाउनु रहस्यपूर्ण’

२१ बैशाख २०८०, बिहीबार


काठमाडौं। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगे । भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक राजनीतिक विषयमा कुराकानी गरेको बताइएको छ ।
बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता सकिएपछि निस्किएका उनलाई पत्ररकारले घेरिहाले । पत्रकारहरुले अध्यक्ष ओलीले एमाले सचिव टोबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा मुछिएको विषयमा प्रश्न गरे ।
पत्रकारले सोधेको प्रश्नको उत्तरमा ओलीले दोषी भए जोसुकैलाई कारबाही गर्ने बताए । तर, उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरे। साथै, उनले निर्दोष पक्राउ पर्न नहुने र दोषी उम्कन नहुने पनि बताए । निर्दोषलाई फसाउन खोजिए आफूहरु प्रतिकारमा उत्रिने पनि उनले बताए ।
उनले भने, ‘यो तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं । चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment