माग पुरा नभए सामुदायिक बिद्यालय बन्द

  • गोबिन्द पौडेल

इलाम, २८ जेठः  सरकारले आफ्नोमाग प्रति गरेको बेवस्तालाई तत्काल सम्वोधन नगरे आगामि असार दुईगतेवाट देशभरका सामुदायिक बिद्यालयहरु बन्द गरिने भएको छ ।
सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुको तलवमा सरकारले गरेको प्रतिबद्धता अनुसारआर्थिक बर्ष ८०/८१ को बजेटमा   सम्वोधन नगरेपछि चरणबद्ध आन्दोलनमा उत्रिएका बिद्यालय कर्मचारीहरुको मागप्रति नेपाल राष्टिय शिक्षक सगठन,नेपाल शिक्षक सघ लगायतका पेशागत सगठनहरुले समेत प्रतिबद्धता जनाएपछि बिद्यालयहरु बन्द हुने अवस्था आएको हो ।
बिगत लामो समयदेखि अन्य मागसहित बिद्यालय कर्मचारिहरुको पेशागत सुनिश्चतताको माग गर्दै कर्मचारिहरु र शिक्षकका पेशागत छाता सगठन नेपाल शिक्षक महासघले आवाज उठाईरहेकोमा सरकारले माग पुरा गर्ने सझौता समेत गरेको तर आर्थिक बर्ष ८०/८१ को बजेटमा नआएपछि नेपाल बिद्यालय कर्मचारी परिषदले जेठ २१ गते देशभरका शिक्षा बिकाश तथा समन्वय ईकाईका ज्ञापनपत्र बुझाएर आन्दोलित बनेको नेपाल बिद्यालय कर्मचारी परिषद इलामका अध्यक्ष हेमराज बस्नेतले बताए ।
चरणबद्ध कार्यक्रमअनुसार जेठ २०  गतेबाट बिद्यालयमा चाबि बुझाएर शिक्षा बिकाश तथा समन्वय ईकाईमा धर्ना दिईएको,२७ गतेवाट ३१ गतेसम्म भद्रकालिमा रिले अनसन गरिने र यति हुदासम्म माग पुरा नभए आगामी असार २ वाट सामुदायिक बिद्यालय बन्द गरिने अध्यक्ष बस्नेतले बताए ।हालसम्म सरकारले वास्ता नगरेको वाल शिक्षक,राहत,उच्चमाध्यामिक अनुदान शिक्षक तथा बिद्यालय कर्मचारिहरुको मागप्रति  गम्भिर हुन सरकारको धयानाकर्षण गरिएको नेपाल शिक्षक सघ इलामका अध्यक्ष रोमनाथ शर्माद्वरा हस्ताक्षरित बिज्ञप्तिमा  उल्लेख गरिएको छ ।
सरकारले न्युन बेतनमा काम लगाएका बिद्यालय कर्मचारीहरुको तलव पनि इलामका पालिकाहरुमा एकरुपता नरहेको अध्यक्ष बस्नेतले बताए ।यता बिद्यालय कर्मचारिहरु आन्दोलनमा उत्रिएपछि बिद्यालयको नियमित कामकाजमा समेत प्रतक्ष असर देखिन थालेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment