जसपाले साथ छाडेपछि कोशीका मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिने


विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट समर्थन फिर्ता लिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान र कानुन अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् ।
हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टीले सरकारबाट आफ्नो स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री कार्कीले संविधान र कानुन अनुसार नै सरकारले आगामी कदम चाल्ने बताए ।
उनले अहिले सम्म मंत्री फिर्ता बोलाउने कुरा मात्र आएको र सरकारलाई समर्थन फिर्ता बारे केही जानकारी नभएको बताए ।
मुख्यमन्त्री कार्कीले यसै सरकारले आगामी वर्षको बजेट ल्याउने जानकारी दिए । ९३ सदस्यीय कोशी प्रदेश सभामा जसपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिदा पनि ५९ जना सांसदहरुको समर्थन अझै रहनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment