इलाममा पहिचानवादीहरुले एमाले नेता योगेश भट्टराईलाई कालो झन्डा देखाए


इलाम, १४ असारः कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले इलाममा प्रदर्शन गरेका छन् । ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले एमाले नेता योगेश भट्टराईलाई कालो झन्डा देखाएका छन् ।
७२ औं मदन भण्डारी जन्मजयन्तीको अवशरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सदरमुकाम इलाम बजार आईपुग्नुभएका भट्टराईलाई कालो झन्डा देखाईएको हो ।
पहिचानवादीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, योगेश भट्टराई मुर्दावाद लगायतका नारा लगाएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment