नयाँ समिति बनेपछि पाथीभरा मन्दिरको आम्दानी ८ सय प्रतिशतले बृद्धि


फिक्कल । इलामको रोङ गाउँपालिका–३ कुटिडाँडामा रहेको पाथीभरा मन्दिरमा १०८ दिनको अवधिमा ७३ लाख रुपैया भन्दा बढि आम्दानी भएको छ । मन्दिरले जिन्सी सहित ७३ लाख १ हजार ५४ रुपैया आम्दानी गरेको हो । यसअघिको व्यवस्थापन समितिले १९ महिनाको अवधि (५७० दिन) मा ४७ लाख ७१ हजार २३९ रुपैया आम्दानी गरेको विवरण सार्वजनिक गर्दै रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले सुधारको संकेत आएकोमा खुशी व्यक्त गरे ।
उनले पाथिभरा मन्दिरमा नयाँ व्यवस्थापन समिति आएपछि आम्दानीमा ८ सय ७ प्रतिशतले बृद्धि भएको देखिएको बताए । उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि नयाँ योजनाका साथ मन्दिर व्यवस्थापनमा चासो राखेका थिए । उनले आगामी आर्थिक बर्षमा थप व्यवस्थापन गरेर अघि बढ्ने बताए ।
‘ आगामी आर्थिक बर्षबाट संरचना व्यवस्थापन गरेर अघि बढ्ने छौ । दाताहरुसंग जोडिएर डिपिआर सहितको संरचना बनाउने तयारी छ ।’ उनले भने गाउँपालिका अध्यक्ष स्याङबोले आर्थिक बर्ष ०७८/०७९ मा पालिकाले राजस्व बापत ७२ लाख ५४ हजार रुपैया आम्दानी भएको उल्लेख गर्दै सुशासन कायम भएको खण्डमा रोङको आम्दानी बढ्ने बताए ।
स्याङबोले सामाजिक सञ्जाल मार्फत रोङ गाउँपालिकाको विगत ५ बर्षको आम्दानी समेत सार्वजनिक गरेका छन् । पालिकाले आर्थिक बर्ष ०७४÷७५ मा १८ लाख, ०७५÷७६ मा ८१ लाख, ०७६÷७७ मा १ करोड ५लाख , ०७७÷०७८ मा ९४ लाख रुपैया राजस्व संकलन भएको जनाएका छन् ।
उनले जनप्रतिनिधिहरुबाटै गलत टिप्पणी सुन्नमा आएकाले कमजोरी भएको खण्डमा सुधार गर्न तयार रहेको बताए । ‘ जिम्मेवार जनप्रतिनिधिहरु बाट केही बजारमा अनावश्यक टिप्पणी हुने गरेको सुन्नमा आएको छ लागेको जिज्ञासा् सम्बन्धित ब्यक्तिलाई सोध्ने, पालिकाले त्रुटि गरे सुझाब दिनुहोला, सच्याउन तयार छौ ।’ उनले भने ‘ अघिल्लो समितिले एक दिनमा औषत ८ हजार ३ सय ७१ आम्दानी गर्दै आएकोमा पालिकाले चासो व्यक्त गरेर नयाँ समिति बनाएपछि औषतमा एकै दिनमा ६७ हजार ६०२ रुपैया आम्दानी भएको देखिएको छ ।’
स्याङबोले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै विद्यालयमा भएको वेथितीमा समेत गाउँपालिकाले सुधारका लागि हस्तक्षेपकारी भुमिका निभाउने आशय व्यक्त गरे । ‘५÷६ किमि टाढाबाट घाँस बोकेर स्कुल पढेर हुर्केको केटो हु । अब गाउपालिकाको २ किमि दुरिमा रहेको बिधालयको मनपरितन्त्र नहेरी बस्न सकिदैन । अब गाउपालिकाको त्यस तर्फ ध्यान जाने सबैमा जानकारी गराउदछु ।’
उनले सुधारका काममा एक्लै हुनुपरे पनि रोङका जनप्रतिनिधि तयार भएको बताए ।
लाेकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment