इलामको राँकेमा ट्याक्टर दुर्घटना एकको मृत्यु, एक जना घाइते


इलाम, ६ असारः इलामको राँकेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
 इलामबाट राँके तर्फ गइरहेको मे १ त २५२३ नम्बरको ट्याक्टर सडकबाट करिव २० मिटर तलझरेको र एक जनाको दुर्घटनास्थलमा नै मृृत्यु भएको र एकजना सामान्य घाईते भई इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय इलामले जानकारी गराएको छ । घटना स्थलमा प्रहरी गएर के कारणले दुर्घटना भएको अनुशन्धान भई रहेको र अहिले सम्म मृतकको पहिचान नभएको जनाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment