- बिनय तिम्सीना
केही वर्ष अघि सो जग्गामा क्रिकेट स्टेडीम बनाउँन भनेर नेपाल क्रिकेट संघ (क्यान)ले क्याम्पस संघ २५ वर्षको लागि वर्षिक २५ हजार रकम दिने सर्तमा सम्झौता गरिए पनि महाभूकम्प, क्यानको आन्तरिक विवाद र कोभिड–१९ को संक्रमणको महामारीका कारण सम्झौता रद्द भएको थियो ।
अहिले वडा अध्यक्ष गौरव सुब्बाको सक्रियतामा त्यस स्थानमा खेल मैदन वनाउने काम लगभग सकिन लागेको छ । मैदानमा क्रिकेट खेल्नको लागि २ वटा पिच पहिलेनै निर्माण सम्पन्न भई सकेको थियो अहिले सोहि पिचलाई समान्य मर्मत गर्द खेल्न योग्य हुने पूर्व क्रिकेटरहरुको भनाई रहेको छ ।
अहिले खेलमैदनमा भएको रुख र झाडी हटाएर ग्राउण्ड सम्मियाएर रोलर लगाउने काम पनि सकिएको छ । यो कामको लागि भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुली सहितको सक्रियतामा स्थानीय समाजसेवीबाट पाँच लाख भन्दा वढी रकम संकलन गरीएको थियो । मैदन बनाउनको लागि प्रयोग गरिएका जेसीवी र रोलर भने नगरपालिकाले उपलव्ध गराएको समेता वडा अध्यक्ष सुब्बाले वताए ।
केही समय अघि मात्र त्यस क्षेत्रका क्रिकेट खेलाडिलाई नेट अभ्यासको लागि पिच निर्माणमा समेत वाडा अध्यक्ष सुब्बाले नै सक्रियता देखाएका थिए र पिच निर्माण भएको थियो । अहिले त्यस क्षेत्रका खेलाडीहरु सहज तरिकाले क्रिकेट खेलको अभ्यास गर्न सकिरहेका छन् ।
यसरी निरन्तर लागि परेर स्थनीयहरुको सक्रियतामा खेल मैदान हिउँद सम्ममा खेल सञ्चालन गर्न योग्य बनाउने योजना वडा अध्यक्ष सुब्बाले सुनाए । मैदान निर्माण सम्पन्न भए पछि राष्ट्रिय स्तरको टि–२० प्रतियोगिता आयोजना गर्ने र भारतिय केही क्लबहरुको समेत सहभागि गराउने सुब्बाले वताए । प्रतियोगिता सञ्चालनको लागि वडाले अहिले ३ लाख रुपयाँ छुट्याई सकेको पनि उनले वताए ।
यसरी मैदान निर्माण गर्नमा स्थानीय समाजसेवी, मेची वहुमुखि क्याम्पसका शिक्षक विद्यार्थी तथा विद्यार्थी संघठन र स्वतन्त्र विद्यार्थी युनियन लगायतको राम्रो साथ पाएको भद्रपुर क्रिकेट कल्वका सचिव शिव बुढाथोकीले वताए । उनले भने नेपालमा क्रिकेटको राम्रो सम्भावना रहेको र खेल मैदानका कारण अलपत्र परेको समयमा यो मैदानले झापा इलाम लगायतका खेलाडीलाई आफ्नो खेलमा निखार ल्याउन ठूलो सहयोग पुग्ने छ ।
0 comments:
Post a Comment