इलामको कन्यामबाट ब्राउन सुगर जस्तो वस्तुसहित दुई जना पक्राउ


इलाम, ३ साउनः इलामको सूर्योदय नगरपालिका–६ कन्यामबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो बस्तुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा समाल्बुङका २१ वर्षीय प्रशिस खड्का र कन्यामका २५ वर्षीय समीर तामाङ रहेको इलाम प्रहरीले जनाएको छ ।
मेची राजमार्गमा यात्रु चेकजाँचका क्रममा बा २१ च ७९७१ नम्बरको कार चालक प्रशिस खड्कालाई चेकजाँच गर्दा लागु औषध भेटिएको प्रहरीले जनाएको छ । उनीहरुसँगै तीन ग्राम ३८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिन पदार्थ भेटिएको छ । अनुसन्धानका लाग इप्रका पशुपतिगनरमा राखिएको प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment