- गोबिन्द पौडेल
यस्तै एउटा आम्दामीको दरिलो बनस्पती हो सिलटिम्बुर । पहाडि क्षेत्रमा पाईने एउटै रुखबाट हजारौ रुपैया भित्राई रहेका छन पशुपतिनगर जिलका किसानहरुले ।बिगत लामो सममयदेखी तरकारी व्यापार गर्दै आएका सुर्योदय ३ डबल राई का अनुसार सिलिटिम्बुरको बजार भारतीय बजार दार्जीलिङ नै हो । हुन त नेपालको बिर्तामोडमा पनि यसको सामान्य माग त हुन्छ तर दार्जिलिङमा जस्तो बढी माग हुदैन । दार्जीलिङका होटलमा मात्रै होइन प्रत्येक घर घरमा यसको माग रहेको छ ।
तर सिलिटिम्बुर अन्य टिम्बुर जस्तो दाना झारेर लैजादा बिक्री हुदैन । यस्लाई बिक्री गर्न दाना नटिपी डाठ सहित मुठा बनाएर बिक्री गर्नुपर्छ ।यसो गर्नुको कारण चाहिँ झारिएका दानाहुरु चाडै कालो हुन्छ त्यसैले दाना नझारी डाठसहितको सिलिटिम्बुरका दाना हरियो नै बस्ने गर्छन ।
औषधिको गुण भएको त खानेकुरा स्वादिलो परिकार बनाउने हुनाले यसको माग हुने गरेको छ । खानामा स्वादिलो बनाउने मसला र मःम को अचार बनाउन अधिक प्रयोग हुने गरेको छ ।
सामान्य मुठी भरी मुठालाई बजारमा ५० रुपैयाँमा बिक्री गरिन्छ । यसको मूल्य मुठामा भर पर्ने हुनाले जस्तो मुठा उस्तै मुल्री हुन्छ ।यसैगरि नेपालका जगलमा पाईने सिस्नो,भक्किअमिलो,निगुरो,टिम्बुर,पिप्ला जस्ता औषधिय गुण बोकेका वनस्पतिहरुको वाह्य देशहरुमा उच्च माग रहेपनि यसको प्रसोधन र ब्यपारमा कसैको पनि ध्यान जान नसकेको ईलामका अग्रज पत्रकार जिवन शर्माको भनाई रहेको छ ।
0 comments:
Post a Comment