रोङ गाउँपालिकाले आवेदन मागेर पनि वितरण गरेन चिया टिप्ने मिसिन

रोङ, ११ साउनः 


कम लागतमा उत्पादन बढाउन कृषि कर्ममा यन्त्रिकरण अनिवार्य भईसक्दा स्थानिय सरकारको ध्यान जान सकेको छैन ।
काम गर्ने जनशक्तिको अभाव सगै उत्पादनमा ह्रास अनि बजारको समस्या निरन्तर भईरहदा सरकारले बिउ मल र प्रबिधि दिन नसकेको कारण अहिले ग्रामिण क्षेत्रहरुको  जमिन बाझो भईरहदा सरकारको ''समृद्धिको आधार कृषि '' नारामानै सिमित बनेको छ ।
पशुपालक किसानहरु लम्पि स्किन डिजिजबाट पिडित बनेका छन् सगै सरकारले किसानहरुको लागि कुनै राहत प्याकेज दिन सकेन न त खेतिपातीको लागि यन्त्रिकरण भित्राएर लागत घटाउने प्रयत्न नै । गाउघरमा हलगोरु मासियो केहि किसानहरुले मिनि टिलर, टि हारभेस्टरको प्रयोग गर्न थाले तर स्थानिय सरकार यसको मर्मत को ब्यवस्था  गर्न स्थानिय सरकारले आश्वसन मात्र बाढेर काम नगरेको किसानहरुको गुनासो रहेको छ ।
रोङ गाउपालिकाले गत आर्थिक बर्षमा वडा न १ र ६ का किसानहरुलाई टि हारभेस्टर (चिया टिप्ने) मेसिन बितरण गर्ने र किसानहरुसग रहेको कृषि यन्त्र मर्मतको शिबिर सचालानार्थ  भनेर आवेदन माग गरेर  कार्यक्रम सचालन  नै नगरेको किसानहरुको गुनासो रहेको छ ।
गाउपालिकाको नियमानुसार वडा कार्यलयबाट सिफारिस लिन मात्रै तिनसय दस्तुर लाग्ने गरेको छ तर रोङ कृषि शाखाले उक्त किसान केन्द्रित दुवै कार्यक्रम कार्यन्वयन गरेन । यस बारेमा रोङ गाउपालिकाका कृषि शाखा प्रमुख तिर्थराज देवकोटा सग जिज्ञासा राख्दा गत बर्ष रहेको अनुदानमा चिया टिप्ने मेसिन बितरणमा ६० बटा आवेदन परेको तर कार्यक्रम ढिलो सूचना गरेको कारण कार्यन्वयन नभएको साथै चालु आर्थिक बर्षमा उक्त कार्यक्रम कार्यन्वयनका लागि बजेटको  ब्यवस्था गरिएको बताए । साथै कृषि यन्त्रिक मर्मतको लागि सुचना गरिएको भएपनि अन्तमा बजेट अभावको कारण कार्यन्वयन नभएको बताए ।रोङ गाउपालिका कृषि शाखाले लक्ष्यको ८४ प्रतिसत प्रगति गरेको देवकोटाको भनाई रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment