शुक्रबार, साउन १२ २०८०
झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुलीका २७ वर्षीय युवा छन् ।
मंगलबार बेलुकी ७ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका वडा नं ४ आइतबारे बस्ने २७ वर्षीय धिरज हिमाङ पक्राउ परेका हुन् ।
उनलाई चेकजाँच गर्दा निजले लगाएको जुत्ताभित्र प्रतिबन्धित लागूऔषध खैरो हेरोईन ३५ ग्राम फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 comments:
Post a Comment