८ श्रावण २०८०, सोमबार
काठमाडौँ । गत चैत यता नेपालमा लम्पी स्किन संक्रमणले महामारीको रूपमा लिइरहेको छ । नेपालमा २०७७ साउन २२ मा पहिलो पटक मोरङ जिल्लामै लम्पी स्किनको संक्रमण पुष्टि भएको थियो । अहिले मुलुकभर नै संक्रमण फैलिइसकेको छ । ४८ हजार १ सय ३३ पशुको मृत्यु भएको छ भने १ खर्ब २६ अर्ब बराबरको आर्थिक क्षति हुने प्रक्षेपण गरिएको छ । अवस्था यस्तो भयानक हुँदा पनि सरकारले कुनै प्रभाकारी कदम चालेको देखिदैन ।
लम्पी स्किन रोगबाट साउन ४ गते सम्ममा कोशी प्रदेशमा ४ हजार ८ सय ४, मधेश प्रदेशमा १७ सय, बागमती प्रदेशमा ३ हजार ४ सय ७६ पशुको मृत्यु भएको छ । त्यसैगरी गण्डकी प्रदेशमा १८ सय १, लुम्बिनीमा ४ हजार र कर्णालीमा ६ हजार ७ सय ४१ पशुको मृत्यु भएको पशु विभागको तंथ्याक रहेको छ । सबै भन्दै धेरै सुदूरपश्चिम प्रदेशमा २५ हजार ६ सय १ पशु मरेका छन् । हाल संक्रमित पशुको संख्या २ लाख ३७ हजार २ सय ८१ रहेको छ । सबै भन्दा धेरै बागमती प्रदेशमा ८० हजार ६ सय ६५ संक्रमित पशु रहेका छन् । त्यस्तै कोशीमा १६ हजार ५ सय ५१, मधेशमा २८ हजार ८ सय ५८, गण्डकीमा १६ हजार ९ सय ७३, लुम्बिनीमा २५ हजार ४ सय, कर्णालीमा ३२ हजार ३ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ३६ हजार ३ सय ९२ संक्रमित पशु रहेका छन् । हाल सम्म ३ लाख १ हजार २ सय ४६ पशुलाई खोप लगाइएको छ । यो तथ्यांक हेर्दा पशु स्वास्थ्यका लागि सरकार जिम्मेवार नरहेको प्रष्ट देखिन्छ । प्रत्येक स्थानीय तहमा एक जना पशु चिकित्सक र प्रत्येक वडामा कम्तीमा एक जना पशु प्राविधिक हुनुपर्ने कानुनी व्यवस्था छ । तर सो अनुसार धेरै क्षेत्रमा जनशक्ति छैन । जनशक्तिको कामीले खोप अभियान प्रभावकारी हुन नसकेको र थप क्षति हुन सक्ने विभाग आफैं स्वीकार गर्छ ।
यस्तो छ पशु चिकित्सकको अवस्था
– ७ सय ५३ स्थानीय तह मध्ये ५ सय १६ स्थानीय तहमा पशु चिकित्सक छैनन् ।
– २ सय ३७ स्थानीय तहमा मात्रै पशु चिकित्सक छन् ।
– मुलुकभर करिब ६ हजार वडा छन् । त्यसमध्ये करिब आधा वडा अर्थात् ३ हजार ६ सय वडामा पशु प्राविधिक छैनन् ।
– प्राविधिक नहुँदा औषधिको व्यवस्था गर्न, खोप, निसंक्रामक रसायनको उपलब्धता तथा वितरण व्यवस्था गर्न, रोग थप फैलन नदिन पशु क्वारेन्टिन चेकपोस्ट स्थापना गर्न कठिनाई भइरहेको छ ।
– नेपालमा गाई ७४ लाख १३ हजार १ सय ९७ र भैंसी गरी कुल १ करोड २५ लाख ४६ हजार १ सय २८ गाईभैंसीको संख्या रहेको छ ।
– पशुमा रोग सर्ने दर २० प्रतिशत छ भने एउटा पशुको मृत्यु हुँदा कृषकलाई सरदर ४९ हजार १३५ रुपैयाँको क्षति भइरहेको छ ।
– २७ अर्ब २२ करोड ५० लाख बराबरको आर्थिक क्षति भइसकेको र यो रोगको समयमै उपचार, नियन्त्रण तथा रोक थाम गर्न नसके करिब १ खर्ब २६ अर्ब बराबरको आर्थिक क्षति हुने नेपाल पशु चिकित्सा परिषद्ले प्रक्षेपण गरेको छ ।
लम्पी स्किन नियन्त्रणका लागि तीनै तहका सरकारले काम गरिरहेको भए पनि पर्याप्त भने छैन । ग्रामीण भेगमा किसानको रोजगारी तथा आम्दानीको स्रोत गाईभैँसी रहेकाले रोजगारी गुमाउने जोखिम त छदैछ जीवीकोपार्जनमा पनि समस्या निम्त्याउने पक्का छ ।

न्युज२४ नेपालबाट साभार गरिएकाे
0 comments:
Post a Comment