- गोबिन्द पौडेल
समयमा बिउ,मल ,प्रबिधि कहिल्यै नपाउने किसानहरुलाई जलबायु परिवर्तनले त प्रतक्ष प्रभाव पारेकै छ अझ उत्पादित कृषि उपजको बिक्रिमा सरकारी नितिको उपेक्षाले मारमा परेका किसानहरुलाई जगली जनावरको आतङ्कले पनि हैरान बनाएको छ ।
किसान गर्न खोज्छन् सरकारी निकाय रमिते बन्छ,तेश्रो मुलुक निर्यात गरिने नगदेवाली चिया र अलैचिको मुल्य ब्यपारिको बिबेकमा भरपर्छ,तरकारी खेति गर्यो रोगले सताउछ फलेपनि बारीमा कुहिन्छ अन्न खेतिगर्यो बदेल,बादर,मृग,दुम्सी जस्ता जनावरहरुलाई मात्रै हुन्छ किसानहरुको पिडा रहेको छ । पछिल्लो समय ईलामको अधिकास गाउहरुमा वाँदर र बदेलको आतङ्क नै बढेको छ ।अमलिसोको अलैंची फल टुसा उखेल्ने,करेला,आलु खनेर खाने , काक्रा खाने देखी एकै र वारीमा रोपेको अन्न मकै एकै रातमा स्वाहा पारेको रोङ छ का किसान पुर्ण रिजालको दुखेसो रहेको छ ।
सरकारले यि जगली जनावरलाई निश्चित स्थानमा खानेकुरा ब्यवस्थाप गरेर आरक्षित गरेर पाल्नु पर्यो कि त किसानको वालीको सय प्रतिसत क्षति पुर्ति दिनु पर्यो यसरी रमिते बन्न मिल्दैन किसानहरुको माग रहेको छ ।यसरी नै बर्षौदेखी किसानहरुको पिडा सरकारले नबुझिदिदा सुनफल्ने बारी बाझो रहेको छ भने लाखौ मेहनति नेपाली पाखुराहरु बिदेशिन बाध्य भएका यथार्तता रहेको छ ।

0 comments:
Post a Comment